रवि लामिछानेसहित तीन जनलाई अदालत पेश गरियो



हाम्रो इकोनोमि

 

आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका सञ्चालक रवि लामिछानेसहित तीन जनालाई प्रहरीले चितवन जिल्ला अदालत पेश गरेको छ । प्रहरीले शुक्रबार बिहान लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई जिल्ला अदालत चितवनमा पेश गरेको हो ।

आत्महत्या दुरुत्साहन गरेको आरोपमा अनुसन्धानका लागि म्याद लिन अदालत लगिएको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए । लामिछानेलाई उनकी श्रीमती निकिता पौडेलसहितले बिहान भेटवार्ता गरेका थिए ।

महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लामिछाने र कँडेललाई बिहीबार साँझ न्युज २४ को कार्यालयबाटै पक्राउ गरेको थियो । कार्की त्यसअघि नै पक्राउ परेकी थिइन् ।

पत्रकार सालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि छोडेको भिडिओमा उनीहरूको नाम लिँदै केही आरोपहरू लगाएका थिए । पुडासैनीले चितवनको कंगारु होटलमा साउन २० गते आत्महत्या गरेका थिए ।

मुलुकी फौजदारी संहिताले आत्महत्या दुरुत्साहनलाई कर्तव्य ज्यान मुद्दाकै अंग मानेको छ । आत्महत्या दुरुत्साहन अभियोग पुष्टि भए प्रहरीले कर्तव्य ज्यान मुद्दामै मुद्दा अघि बढाउँछ । आत्महत्या दुरुत्साहनमा पाँच वर्ष जेल सजाय हुने व्यवस्था छ ।

यसैबीच,  स्वर्गीय पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा भैरहेको अनुसन्धानबारे जानकारी दिन जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । पक्राउ परेका तीनै जनालाई अदालतबाट म्याद थप गरि ल्याएपछि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...