मेगा बैंकको मुनाफा ९२ प्रतिशतले वृद्धि



हाम्रो इकोनोमि

 

 

मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७५-७६ को अन्त्यसम्ममा १ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको जनाएको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको भन्दै बैंकले यस आर्थिक वर्षमा ४० करोड १९ लाख रुपैयाँ मुनाफा वृद्वि गर्न सफल भएको पनि बतायो ।

बैंकले हासिल गरेको यो मुनाफा ३०.५१ प्रतिशतको वृद्घि हो । बैंकले वितरण योग्य मुनाफामा भने उल्लेख्य वृद्वि गरेको भन्दै बैकले अघिल्लो वर्षको तुलनामा यस वर्ष ९२ प्रतिशतले वितरणयोग्य मुनाफा वृद्वि गर्न बैंक सफल भएको जनाएको छ । असार मसान्त २०७५ को तुलनामा २०७६ असार मसान्तमा बैंकको कुल निक्षेप १८ अर्ब ८९ करोडले वृद्धि भई ८१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ जुन ३०.०१ प्रतिशतको वृद्धि हो साथै यो वृद्धि वाणिज्य बैंकहरूमध्ये कै उच्चतम वृद्वि रहेको छ ।
त्यसैगरी, खुद कर्जा तथा सापटी १५ अर्ब ४८ करोडले वृद्धि भई ७२ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ जुन २७.०३ प्रतिशतको वृद्धि भएको पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
जनार्दनलाई आफ्नै जिल्लामा कालो झण्डा

    नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि...

निजी क्षेत्रमाथि आक्रमण ठिक होइन : अर्थमन्त्री

    अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि आक्रमण ठिक नभएको बताएका छन् ।...

युवा संघले ५० हजार भन्दा बढी युवा उतार्ने

  नेकपा एमालेको ११ औँ महाधिवेशनमा युवा संघ नेपालले कम्तीमा ५० हजार युवा...

एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...