रविको श्रीमती निकिताले लेखिन् मनछुने स्टाटस : ‘तिमी निर्दोष छौ रवि’ …



हाम्रो इकोनोमि

 

पत्रकार शालिकराम पुडासैनी आत्मह*त्या प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रबि लामिछाकी श्रीमती निकिता पौडेलले शुक्रबार बिहानै आफनो फेसबुकमा रबि लामिछाने तर्फबाट भन्दै स्टाटस राखेकी छिन् । उनले लेखेकी छन, ’आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु । मर्नेले लगाएको एउटा मात्र आरोप प्रमाणित होस र हदै सम्मको सजाय होस ।

यो घटनाको अनुसन्धानमा सघाउँनका लागि नेपाल प्रहरीलाई मेरो शत प्रतिशत सहयोग रहने छ । देश तथा विदेशमा रहनुभएका सम्पूर्ण साथीहरुलाई केही समय धैर्य धारण गरिदिनुहुन अनुरोध गर्दछु : रबि लामिछाने । ’निकिताले रबिको श्रीमति हुन पाएकोमा गर्व लागेको पनि लेखेकी छिन् ।

‘आरोप लगाउने मरेर गएपपनि आरोप खेप्ने म जिउदै छु । मर्नेले लगाएको एउटा मात्र आरोप प्रमाणित होस र हदै सम्मको सजाय होस । यो घटनाको अनुसन्धानमा सघाउँनका लागि नेपाल प्रहरीलाई मेरो शत प्रतिशत सहयोग रहने छ । देश तथा विदेशमा रहनुभएका सम्पूर्ण साथीहरुलाई केही समय धैर्य धारण गरिदिनुहुन अनुरोध गर्दछु ।’ : रबि लामिछाने

 

त्यस्तै रबि लामिछानेको दाई पत्रकार हरिशरण लामिछानेले पनि आफ्नो फेसबुकमा ’बि स्ट्रोङ रबि’ भन्दै स्टाटस राखेका छन् । उनी लेख्छन, ’सत्य यहि हो भन्न त गाह्रो छ तर सत्यको नाजिक सम्म भने अवश्य पुग्न सकिन्छ। त्यसैले त, सत्यको जित नभए पनी आखिरमा सत्य मर्दैन भन्छन् । सत्य(तथ्य सबिस्तार छानबिन होस् । धैर्य गरौं, आशा गरौ!! पत्रकार सालिकराम पुडासैनीको आत्मह*त्या प्रकरणमा प्रहरीले रवि सहित अन्य दुइलाई बिहिबार प’ क्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...