अब ‘टिक टक यसरी बन्द हुदै छ हेर्नुहोस् :



 

 

स्मार्टफोन प्रयोगकर्तामाझ निकै लोकप्रिय र ‘कुलत’को कारण बनिरहेको मोबाइल एप्लीकेशन ‘टिक टक’माथि अदालते प्रतिबन्ध लगाउन सरकारका नाममा आदेश जारी गरेको छ ।

यो खबर भारतको हो । भारतको मद्रास उच्च अदालतले मनरोजञ्न मोबाइल एप ‘टिक टक’माथि प्रतिबन्ध लगाउन केन्द्र सरकारका नाममा आदेश जारी गरेको छ ।

मद्रास उच्च अदालतले इन्डोनेसिया र बंगलादेशको सरकारले उक्त एपमा प्रतिबन्ध लगाइसकेको र अमेरिकाले समेत बालबालिकाहरुलाई अनलाइन सामग्रीबाट बचाउनका लागि नयाँ नियम जारी गरिसकेको अवस्थामा भारत सरकारले पनि उपयुक्त कदम चाल्नुपर्ने आदेशमा उल्लेख गरेको छ ।

अदालतले टिक टकजस्ता मोबाइल एपमा पोर्न सामग्री उपलब्ध भएको उल्लेख गर्दै यस्ता सामग्रीबाट बालबालिकाहरुमा नराम्रो असर परिरहेको पनि उल्लेख गरेको छ ।

चाइना मेड यो एपका भारतमा मात्रै ११ करोड ४४ लाख प्रयोगकर्ता रहेको इन्डियन एक्सप्रेसले आफ्नो समाचारमा लेखेको छ ।

हिजो देखि सामाजिक सञ्जालको वाल र म्यासेन्जरमा फेसबुक र ट्विटर बन्द हुने सम्बन्धी एउटा ‘सूचना’ भाइरल भइरहेको सबैलाई अबगत नै छ ।

सामाजिक सञ्जालका प्रयोगकर्ताबीच भाइरल भइरहेको यो सूचनाबारे अन्योलता समेत फैलिएको छ । के साँच्चै नेपालमा फेसबुक र ट्विटर बन्द हुन लागेको हो त ?

नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभागको नामबाट जारी भएको देखाइएको सूचनामा लेखिएको छ, ‘राति १२ बजे बन्द गर्ने भनिएको फेसबुक ट्विटरजस्ता सामाजिक सञ्जाल केही प्राविधिक गडबडीले गर्दा हामी सफल हुन सकेनौ । आज दिउँसो १२ बजेबाट पूर्णरुपमा बन्द गरिने जानकारी गराउँदछौं ।’

सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने सम्बन्धी विधेयकमाथि संसदमा छलफल हुने क्रममा समेत सामाजिक सञ्जाल बन्द हुने सम्बन्धी हल्ला फैलिएका थिए । तर सरकारले सामाजिक सञ्जाल बन्द गर्ने कुनै नीति नभएको स्पष्ट पारिसकेको थियो ।

शनिवार सरकारी सूचनाको ढाँचामा भाइरल भइरहेको सूचना समेत सही नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले सामाजिक सञ्जाल बन्द गर्ने सम्बन्धमा मन्त्रालयबाट कुनै सूचना जारी नभएको जानकारी दिएका हुन् । तसर्थ सामाजिक सञ्जालमा फैलिइरहेको सूचना नक्कली र भ्रामक रहेको स्पष्ट भएको छ ।

 

भाइरल बनाइएको नक्कली सूचना :

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग