पाकिस्तानी प्रधानमन्त्रीले भने भारतसँग युद्धका लागि तयार छौं



हाम्रो इकोनोमि

 

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँग युद्ध भए आफुहरु त्यसका लागि तयार भएको चेतावनी दिएका छन् । पाकिस्तान प्रशासित एसेम्बलीलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले पाकिस्तान युद्धका लागि तयार रहेको चेतावनी दिएका हुन् । उनले भारत अब पाकिस्तान प्रशासित कश्मीरमा केही गर्नको लागि तयारी अवस्थामा रहेको जिकिर गरे ।

प्रधानमन्त्री खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै तपाईको इँटको जवाफ पत्थरले दिन्छौं भने । मोदीले संविधानको धारा ३ सय ७० खारेज गरेर आफ्नो अन्तिम कार्ड खेलेको उनको भनाइ छ । प्रधानमन्त्री खानले भारतले अन्तिम उपाय प्रयोग गरेकाले कश्मीर अब स्वतन्त्रताको दिशााम जाने दाबी गरे ।

उनले आफ्नो भाषणमा कयौं पटक राष्ट्रिय स्वयंसेवक संघको नाम उच्चारण ग्र्दै भारतमा आज जे भइरहेको छ त्यो आरएसएसको विचारधाराको कारण भइरहेको जिकिर गरे । आरएसएसको विचारधारा हिटलरको नाजी पार्टीको समान रहेको प्रधानमन्त्री खानको आरोप थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...