ग्लोबल आईएमई बैंकको ३ वटा नयाँ शाखा सञ्चालनमा



हाम्रो इकोनोमि

 

ग्लोबल आईएमई बैंकले तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ । बैंकले धनकुटा जिल्लाको धनकुटा नगरपालिका–१, हिले बजार, सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका–६, नयाँ बजार र खोटाङ जिल्लाको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका–१, दिक्तेल बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको भन्दै नयाँ ३ वटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरूको संख्या १४० पुगेको पनि जानकारी दिएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकले हाल १४० शाखा, ३० वटा एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, १ सय ४८ एटीएम, १ सय ७९ शाखारहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालयमार्फत आफ्ना ११ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको तथा अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा १५ लाख रुपैयाँसम्मको बिना धितो प्रोफेसनल कर्जा पनि प्रदान गर्दै आइरहेको पनि बैंकले जनायो ।

प्रतिक्रिया दिनुहोस
जनार्दनलाई आफ्नै जिल्लामा कालो झण्डा

    नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि...

निजी क्षेत्रमाथि आक्रमण ठिक होइन : अर्थमन्त्री

    अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि आक्रमण ठिक नभएको बताएका छन् ।...

युवा संघले ५० हजार भन्दा बढी युवा उतार्ने

  नेकपा एमालेको ११ औँ महाधिवेशनमा युवा संघ नेपालले कम्तीमा ५० हजार युवा...

एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...