नायिका करिश्मा मानन्धर किटिनी उच्च माध्यमिक विद्यालयमा भर्ना



हाम्रो इकोनोमि

 

चलचित्र नायिका करिश्मा मानन्धर किटिनी उच्च माध्यमिक विद्यालयमा भर्ना भएकी छिन् । उनले उक्त उच्च माविको पोशाकसहित कलेज जान लाग्दाको तस्वीर सार्वजनिक भएको छ ।करिश्माको जन्मस्थान पनि सोही क्षेत्रमा पर्दछ । उनको किटिनी स्कुल नजिकै टौखेलमा आकर्षक घर छ । त्यहाँ पति बिनोद मानन्धरसँग पुगिरहन्छिन् । किटिनी उच्च माविमा अध्ययन गर्ने भएपछि करिश्मा अधिकांश समय गोदावरीमा बस्ने भएकी छिन् । त्यस भेगमा उनलाई करिश्मा केसी भनी चिन्दछन् । विवाहपछि मात्र करिश्माले मानन्धर लेखेकी हुन् ।

यसै वर्ष एसईईको अध्ययन पूरा गरेकी करिश्माले उच्च शिक्षा लिने धोको राखेकी छिन् । राजनीतिमा समेत लागेकी उनले अध्ययनलाई जोड दिने तयारी गरेकी छिन् । किटिनी उच्च माविमा उनको आगमनको सूचनासँगै विद्यार्थीहरु उत्साही भएका छन् । कतिपयले युट्युव चलाउनेको भीड लाग्ने भन्न थालेका छन् ।

करिश्मा कलेज जान थालेको किटिनी कलेज गोदावरी नगरपालिकाभित्र पर्दछ । गोदावरी भिलेज रिसोर्टसँगैको कलेज ५० वर्षभन्दा पुरानो स्कुलको स्तरोन्नति गरेर स्थापना गरिएको हो । उक्त विद्यालय अन्र्तगत स्तानकसम्म अध्यापन गराउने कलेज पनि छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...