नायिका करिश्मा मानन्धर किटिनी उच्च माध्यमिक विद्यालयमा भर्ना



हाम्रो इकोनोमि

 

चलचित्र नायिका करिश्मा मानन्धर किटिनी उच्च माध्यमिक विद्यालयमा भर्ना भएकी छिन् । उनले उक्त उच्च माविको पोशाकसहित कलेज जान लाग्दाको तस्वीर सार्वजनिक भएको छ ।करिश्माको जन्मस्थान पनि सोही क्षेत्रमा पर्दछ । उनको किटिनी स्कुल नजिकै टौखेलमा आकर्षक घर छ । त्यहाँ पति बिनोद मानन्धरसँग पुगिरहन्छिन् । किटिनी उच्च माविमा अध्ययन गर्ने भएपछि करिश्मा अधिकांश समय गोदावरीमा बस्ने भएकी छिन् । त्यस भेगमा उनलाई करिश्मा केसी भनी चिन्दछन् । विवाहपछि मात्र करिश्माले मानन्धर लेखेकी हुन् ।

यसै वर्ष एसईईको अध्ययन पूरा गरेकी करिश्माले उच्च शिक्षा लिने धोको राखेकी छिन् । राजनीतिमा समेत लागेकी उनले अध्ययनलाई जोड दिने तयारी गरेकी छिन् । किटिनी उच्च माविमा उनको आगमनको सूचनासँगै विद्यार्थीहरु उत्साही भएका छन् । कतिपयले युट्युव चलाउनेको भीड लाग्ने भन्न थालेका छन् ।

करिश्मा कलेज जान थालेको किटिनी कलेज गोदावरी नगरपालिकाभित्र पर्दछ । गोदावरी भिलेज रिसोर्टसँगैको कलेज ५० वर्षभन्दा पुरानो स्कुलको स्तरोन्नति गरेर स्थापना गरिएको हो । उक्त विद्यालय अन्र्तगत स्तानकसम्म अध्यापन गराउने कलेज पनि छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...