नेकपा सचिवालय बैठक बिहीबार बस्ने



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक पनि स्थगन भएको छ । विवादित विषयमा सहमति जुट्न नसक्दा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक स्थगन भएको हो ।

यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपचार गरेर आएपछि मङ्गलबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो । सचिवालय सदस्य झलनाथ खनालका अनुसार बैठक बिहीबार अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुबाटारमा बस्ने भएको छ ।
नेकपामा स्कूल विभागमा टुङ्गो लगाउन नसक्दा बैठक पटकपटक सारिँदै आएको छ । उक्त विभागमा प्रवक्ता श्रेष्ठसहित सचिवालय सदस्य खनाल, ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतको दावी भएको कुरा बाहिर आएको थियो । यसअघि यही साउन १३ गते बैठक बसेको थियो ।

नेकपाको अहिलेसम्म प्रदेश कमिटी र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्य्विभाजन, जनवर्गीय सङ्गठनको कमिटीलाई पूर्णता, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभाग गठनको काम पूरा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...