अनुसन्धान भन्छ यी उमेर समुहका महिलासँग शारीरिक सम्पर्क राख्दा सबैभन्दा बढी सन्तुष्टी मिल्छ



 

प्राय कुन उमेरको यौन सम्बन्ध बढी रोमान्चक र आनन्ददायक भन्ने बिषयमा धेरै बहसहरु हुने गर्छन । सामान्यतया कुरकुरे बैँश अर्थात् किशोरावस्थाको समयमा मान्छे यौनका विषयमा सबैभन्दा धेरै उत्सुक हुन्छ र त्यस्तो कौतुहलताको उमेरमा गरिने सेक्समा उसले सबैभन्दा धेरै सन्तुष्टी पाउँछ होला भन्ने आमधारणा छ । तर यो धारणा सही भने होइन ।

पछिल्लोपटक गरिएको एक अध्ययनले महिलाहरुको हकमा २८ वर्षको उमेरमा गरिने यौनसम्पर्क सबैभन्दा आनन्ददायक हुने देखाएको छ तर पुरुषको हकमा भने यौनसम्पर्क गर्दा सबैभन्दा धेरै मज्जा लिने उमेर ३३ वर्ष रहेको बताइएको छ ।

महिलाहरुले २८ वर्षको उमेरमा सेक्सबाट सबैभन्दा धेरै आनन्द लिने भएपनि उनीहरु २५ वर्षको उमेरमा सेक्सको मामिलामा धेरै सक्रिय हुन्छन् । त्यस्तै महिलाहरुले औषतमा १७ वर्षको उमेरमा आफ्नो कुमारित्व गुमाउने गरेका छन् । यस्तै पुरुषहरुको हकमा औषतमा १८ वर्षको उमेरमा उनीहरुको भर्जिनिटी तोडिने र २९ वर्षको उमेरमा यौन सक्पर्कको मामिलामा सबैभन्दा बढि सक्रिय हुने अध्ययनको निष्कर्ष छ । अनलाइन मार्फत गरिएको यो अध्ययन एक यौन खेलौना उत्पादक कम्पनीले गरेको हो ।

शारीरिक सम्वन्धबाट अधिक सन्तुष्टी पाउन यी उपाय अपनाउनुहोस!

स्वास्थ्य

स्वस्थ सम्भोगको लागि स्नायु प्रणाली पनि स्वस्थ रहन आबस्यक हुन्छ । यसको परिणाम सम्भोग अविस्मरणीय एवं आनन्दित हुन्छ । स्वस्थ मुटु र रक्तसञ्चार प्रणालीले उत्तेजनालाई लामो समयसम्म कायम राख्न सहयोग गर्ने । तनावरहित गहन विश्रामले स्नायु प्रणाली, मुटु र रक्तसंचार प्रणालीलाई स्वस्थ बनाउन भूमिका खेल्छ ।

व्यायाम

अनुसन्धानले नियमित व्यायाम गर्ने पुरुषमा यौन सम्बन्धि समस्या कम हुने देखाएको छ । नियमित व्यायामले महिलाको यौन शक्ति बढाएको पनि अनुसन्धानले आफ्नो निस्कर्ष निकालेको छ ।

ब्यायामले प्रजनन अंगको रक्तसञ्चारलाई बढाउने काम समेत गर्छ । टेस्टोस्टेरोन हर्मोनको मात्रा पनि बढ्छ, जसको कारण उत्तेजना वृद्धि हुन्छ र सम्भोग चरमोत्कर्षमा पुग्छ । त्यसैले व्यायामसँगै पौडी खेल्ने, योग, नृत्य आदि गतिविधि गर्न सकिन्छ । ब्यायाम यसरी नै गर्नु पर्छ भन्ने कुनै नियम त छैन । तर, दैनिक आधा घण्टासम्मको व्यायामले यौन स्वास्थ्यमा ठूलो भूमिका खेल्छ ।

मध्यपान र धुम्रपान

बढि धुम्रपानले यौन क्षमतामा ह्रास ल्याउने अनुसन्धानले पुष्टि गरिसकेको छ । धुम्रपानले यौन इच्छामा समेत कमी ल्याउँछ । यस्तै अत्यधिक मदिराको सेवनले फेरि स्नायु प्रणालीलाई शिथिल बनाउने काम गर्छ । कतिपय पुरुषले मदिरा सेवनपछिको सम्भोग आनन्ददायक हुने बताए पनि बैज्ञानिकहरुले भने मदिरा सेवनले यौनांगलाई शिथिल बनाउँदै लैजाने बताउँछन् । त्यसैले सकेसम्म मदिरा सेवन गर्नु हुँदैन । यदि खानैपर्ने अवस्था भएमा रेड वाइन तुलनात्मक रुपमा राम्रो हुन्छ ।

खाना

हामीले खाने खानामा फलफूल र तरकारीको मात्रालाई बढाउनुपर्छ । त्यस्ता खानाको उपभोग गर्नुपर्छ जसमा एन्टिअक्सिडेन्टको मात्रा बढी हुन्छ । त्यस्तो खानाले स्नायु र मुटुलाई स्वस्थ र बलियो बनाउने काम गर्छ । बोसोजन्य, दुधजन्य पदार्थ, जंक फुडजस्ता खाद्यपदार्थको उपभोगलाई घटाउनुपर्छ । किनकी यस्ता खाद्यपदार्थमा एन्टिअक्सिडेन्टको मात्रा कम हुन्छ।

जसले मुटुको धमनीहरुलाई साँघुरो बनाउँदै लैजान्छ र प्रजनन अंगको रक्तसञ्चारमा बाधा उत्पन्न गर्छ । साउथ कोरिया विश्वविद्यालयले ३ हजार २ सय ५० पुरुषहरुमा गरेको अनुसन्धानबाट कोलस्ट्रोलको मात्रा बढेका पुरुषहरुलाई यौन समस्या हुने निष्कर्ष निकालेको छ । त्यसैले खानामा बोसो, चिल्लोलाई कम गरी सलादको प्रयोग बढाउनुपर्छ ।

निद्रा

कम निद्राले शरीरको उर्जामा कमी ल्याउने काम गर्छ । यसले गर्दा शारीरिक कमजोरीको पनि महसुस हुन्छ । त्यति मात्र होइन, पुरा ननिदाउँदा टेस्टोस्टेरोन हर्मोनको सक्रियतामा कमी आउँछ र यौन क्षमतामा नकारात्मक असर पर्छ । त्यसैले गहन सम्भागको लागि गहन निद्रा महत्वपूर्ण रहेको हुन्छ ।

मोटोपना भएका मानिसले पनि यौन सम्पर्कबाट सन्तुष्टी प्राप्त गर्न गाह्रो पर्ने गर्दछ । यसले सेक्स पार्टरलाई पनि असजिलो पार्छ । मोटो पुरुष र महिला सम्भोगको बेला छोटो समयमै थकित हुने समस्या हुन्छ । त्यसैले विस्तारै आफ्नो मोटोपनालाई कम गर्नु वाञ्छनीय छ ।

तनाव
तनाबले यौन समस्यालाई झन् बढाउँछ । यसले प्रजनन अंगमा रक्तसञ्चार हुन कम हुनुका साथै टेस्टोस्टेरोन हर्मोनको सक्रियतालाई समेत कम गर्ने कार्य गर्छ । तनावले मानसिक समस्यालाई बढाउँदछ र यौन क्षमतालाई घटाउँछ । त्यसैले तनाव व्यवस्थापनका लागि ब्यायाम, योग, ध्यान, प्राणायाम, नृत्य, संगीत सुन्ने बानी समेत बसाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग