शान्ता चौधरी रत्नराज्य कलेजमा ११ कक्षामा भर्न, रोल नम्बर ६२



हाम्रो इकोनोमि

 

 

बुधबार विहान रत्नराज्य स्कूलमा पुगेकी भीआईपी थिइन् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाकी सांसद तथा संसदीय दलकी सचेतक शान्ता चौधरी । दाङबाट यसैवर्ष एसईई पास गरेकी चौधरी दुई दिनअघि रत्नराज्यमा गएर ११ कक्षामा भर्ना भएकी रहिछन् ।

सरकार नम्बर प्लेटको सेतो स्कोरपियो गाडीबाट भीआईपी ओर्लिदा नयाँ बानेश्वर रत्नराज्य स्कुलका शिक्षक तथा विद्यार्थीको नजर उनैतिर हुनेनै भयो । तर गाडीबाट ओर्लिएकी भीआईपीले आफ्नो कक्षा कुन हो भनेर सोधखोज गरेपछि थाहा भयो उनी त ११ कक्षामा भर्ना भएकी विद्यार्थी रहिछन् ।

 

चौधरीलाई विद्यालयका शिक्षकहरुले उनको कक्षामा लगेर सहपाठी विद्यार्थीहरुसँग परिचय गराइदिए । उनले साथीहरुलाई आफ्नो परिचय दिइन् तर विहान चाँडै बैठकहरु परेकाले सबै कक्षा लिन भने पाइनन् । उनलाई कक्षा ११ का विद्यार्थीले स्वागत गर्दै आफूहरुले धेरै कुरा सिक्न पाउने आशा व्यक्त गरे ।

सरकारी सामुदायिक विद्यालयहरुको पठनपाठनको स्तर बृद्धि गर्नका लागि आफू रत्नराज्यको विद्यार्थी बनेको चौधरीले बताइन् । सरकारी विद्यालयलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन आफूले चाहेको उनको भनाइ छ ।

रत्नराज्यबाट संसद भवन पनि नजिकै भएकाले उनलाई केही सहज नै भएको छ । विद्यालय व्यवस्थापन समितिले चौधरीलाई विद्यार्थी प्रतिनिधिका रुपमा व्यवस्थापन समिति सदस्य समेत मनोनित गरेको छ । वाल्यकालदेखिनै जमिन्दारको घरमा कमलरी बसेकी चौधरीले सानैमा पढ्न पाइनन् ।

उनी २०६४ सालमा संविधानसभा सदस्य भएर काठमाडौं आएपछि हस्ताक्षरसमेत गर्न नजान्दा ठाउँ ठाउँमा अपमानित भएपछि पढ्न थालेकी थिइन् । उनले यस वर्ष दाङको महेन्द्र मावि तुलसीपुरबाट एसईई दिएकी थिइन् ।

उनका छोराले १२ कक्षा पास गरिसकेका छन् भने छोरीले यसैवर्ष आमासँगै एसईई दिएकी थिइन् । छोरीले नर्सिङ पढ्न चाहेको र उनको भर्ना बाँकी रहेको चौधरीले बताइन् ।

आफूलाई कक्षामा पाउँदा विद्यार्थीहरु उत्साहित पाएको उनको भनाइ छ । चौधरी मानविकी संकायमा समाजशास्त्रको विद्यार्थीको रुपमा भर्ना भएकी हुन् । उनको रोल नम्बर ६२ कायम भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...