अख्तियारका पूर्व प्रमुख दीप बस्न्यातविरुद्ध अख्तियारमा उजुरी, सपरिवार भारत छिरेको खुलासा



हाम्रो इकोनोमि

 

पत्याउनु हुन्छ एउटा मान्छेको सम्पत्ति राष्ट्रियकरण गर्दा देशको कूल बजेटको आधा रकम त्यहींबाट निस्कन्छ ? झट्ट सुन्दा पत्यार लाग्दैन, तर अख्तियारमा यस्तो उजुरी दर्ता भएर प्रक्रिया अघि बढेको छ, साउन २० गतेदेखि ।

 

अख्तियारकै पूर्व प्रमुख दीप बस्न्यातविरुद्ध हप्ताको दुई–तीनवटाका दरले उजुरी परिरहेको छ । यसक्रममा बालुवाटारको बहुचर्चित ललिता निवास प्रकरणमा सबै चाँजोपाँजो मिलाएको, भाटभटेनीका साहुजी मीनबहादुर गुरुङको नामको आधा जमिन उनको रहेको, ‘ड्राइभरभाइचा’, ‘नारायणचा’ जस्ता नक्कली मोही उनैले शोभाकान्त र रामकुमारसँग मिलेर खडा गरेको जस्ता आरोप छन् । यस्ता उजुरी प्रमुख आयुक्त नवीन घिमिरेले तोक लगाउँदै ‘सम्पत्ति’ तिर पठाइरहेका छन् । छानवीन कमिटीले पनि अध्ययन गर्दैछ ।

 

प्रमुख आयुक्त घिमिरेले तोक लगाएको उजुरीमा, दीप बस्न्यात केही महिनाअघि प्रहरीको एस्कर्टिङमा सपरिवार झापाको काँकडभिट्टा हुँदै भारत छिरेको प्रसङ्ग छ । यसरी सीमापार गराएका उनले सुनचाँदीसहितका गरगहना कलकत्तामा महावाणिज्यदूत भएको बेला खोलेको लकर तथा बैंक खातामा जम्मा गरेको उजुरीमा उल्लेख छ ।

 

उनले घरेलु सहयोगी दुर्गाकुमारी देवीको नाममा घर–जग्गा राखेको, केही समयअघि अख्तियारबाट हटाइएकी राधा श्रेष्ठको नामबाट सम्पत्ति वापस लिइसकेको तथा उनको घर खानतलासी गर्दा त्यहाँबाट अर्बौं सम्पत्ति तथा गरगहना जफत हुनसक्ने दावी उजुरीमा गरिएको छ ।

 

आर्जित सम्पत्ति विभिन्न व्यापारिक गृहमा लगानी गरेको समेत उजुरीको दाबी छ । ओम अस्पताल, मेडिसिटी हस्पिटल, आर्या मण्टेश्वरी, होटल ग्याङजोङ, भाटभटेनी, बुद्ध एयरसहित जनकपुरका सुर्ती व्यापारी विश्वनाथ साहको कारोबारमा उनको हिस्सा रहेको दावी गरिएको छ । उजुरीअनुसार नक्साल व्याङ्क्वेट र बानेश्वर व्याङ्क्वेटमा उनको प्रत्यक्ष लगानी छ ।

 

मटिहानी गुठीको जग्गा महन्थले अनियमित तवरले बिक्री गरेकोबारे महोत्तरीका सिडिओ दीपक काफ्लेले कारवाही थाल्दा दीपले फोन गरेर त्यसबारे केही नगर्न दबाब दिएपछि सुर्ति व्यापारी विश्वनाथमार्फत महन्थसँग कोशेली बुझेको अख्तियारमै कार्यरत उनैका तत्कालीन सहयोगीद्वारा दायर उजुरीमा उल्लेख छ ।

 

जागिर खाँदा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र काण्ड मिलाई दिने धर्मराज उपाध्यायलाई आफू अख्तियार प्रमुख हुँदा ‘विज्ञ’ को नियुक्ति दिएको, अख्तियार प्रमुख हुँदा पिए लक्ष्मण बास्तोलामार्फत राजश्व र भन्सार कार्यालयका हाकिमहरुको नाममा नक्कली उजुरी बनाई छुट्टीको दिन घरमै बोलाएर तर्साउँदै पैसा असुलेको अर्को आरोप पनि छ ।

 

पिए बास्तोलाको केरुङ नाकाबाट काठमाडौं भित्रिने आठ वटा कन्टेनर छन् । तिनको कम भन्सार मूल्य देखाएर सहयोग पुर्‍याउने भन्सार अधिकृत श्याम बस्नेतलाई दीप अख्तियार प्रमुख हुञ्जेल त्यहीं राखियो । त्यसबापत करोडौं रकम असुलिएको दाबी गरिएको छ । काठमाडौंका १२ ठाउँमा रोपनीका रोपनी जमिन रहेको बताइन्छ । त्यसमध्ये तीन वटा घर–बंगला छन् । एउटा मण्डिखाटारमा, दोस्रो अहिले बसोबास रहेको बत्तीसपुतलीस्थित महल र तेस्रो, भैंसेपाटीमा ।

 

अख्तियारबाट अवकाश हुनुअघि त्यहीं आम्दानी बाँधिएका १५ वटा प्रेसर कुकर घर लगेको, छोरा कमलले ९ करोड मूल्यको मर्सिडिज बेञ्ज कार किनेको र उनीसँग नेपालमा एक थान मात्र रहेको बिएमडब्ल्युको मोटरसाइकल, जसको मूल्य ५० लाखभन्दा बढी रहेको । बत्तीसपुतलीको घरमा जतिबेला पनि बिएमडब्ल्यु मोटरसाइकलसहित चार वटा कार पार्किङ गरिएको पनि त्यसैमा खुलाइएको छ ।

त्यसैगरी नेपाल वायुसेवा निगम, नापी विभागसहित थुप्रै सरकारी अड्डाका अनियमितताउपर अख्तियारबाट छानवीन भइरहेको छ । वीर अस्पतालमा नक्कली मेडिकल बोर्ड बनाउने, बोर्डका नाममा पैसा उठाउने गिरोहबारे पनि अनुसन्धान भइरहेको छ ।

 

३२ जना अहेवको दरबन्दी रहेको त्यहाँ २०७५ सालको ओएनएम सर्वेले दरबन्दी घटाएर ९ मा झा¥यो । तर, अहिले पनि ३६ जना कार्यरत छन् । तीमध्ये १४ जना साविकमा र बाँकी स्थानीय निकायमा काम गर्ने गरी तोकिएका हुन् । तर, गुनासोको फारम भर्ने बेलामा ढाड, हाई प्रेसर, मानसिक रोगजस्ता नक्कली कागज बनाएर नेपाल मेडिकल बोर्डको सिफारिस देखाउन थालियो ।

 

त्यसरी नक्कली बोर्ड बनाउनेमा युवराज सुवेदी, जीवन श्रेष्ठ, डिल्लीराम खनाल, डिल्ली आचार्य, सविता जोशी, टीकाराम पनेरु, शंकर झा, हिमालय तिवारी भएको उजुरी परेको छ । त्यस्तै, वीर अस्पतालको टेण्डर र नियुक्तिमा पैसा उठाउने भनी स्थानीयका युवराज तिमल्सिना, विष्णु फुँयाल, शोभा गौतम, राजकुमार राजथला र मेडिकल बोर्डका अग्निधर बस्यालको नाम उल्लेख छ ।

 

नापी विभागका निर्देशक दामोदर ढकाल, कमल घिमिरे, सुमिर कोइराला, सप्लायर सुजेन्द्र श्रेष्ठ, प्रकाश जोशी र करुणा श्रेष्ठविरुद्ध पनि अढाई करोडको सामानलाई ११ करोड एक लाख तिरेबापत उजुरी परेबमोजिम अख्तियारले छानवीन अगाडि बढाएको खबर जनआस्था साप्ताहिकले प्रकाशित गरेको छ । आव ०७५–७६ मा विभागबाट स्क्यानर, जिपिएस, म्याप प्रिन्टिङका मेसिन खरिदमा भएको अनियमितताबारे छानवीन शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...