अख्यिारले छानविन सुरु गर्यो मानसिक रोगी कर्मचारीहरुको कागजात
फेक मेडिकल रिर्पोट बनाएर केन्द्रमा फर्कन खोज्ने कर्मचारीहरु उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक्सन लिएको छ । कर्मचारी समायोजनको क्रममा प्रदेश तथा स्थानीय तहमा खटिएका कर्मचारी र कर्मचारीका नेताहरुले गम्भीर मानसिक रोगी भएको कीर्ते कागज बनाएर धमाधम सिंहदरबार फर्कन थालेपछि यो उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक्सन लिएको हो ।
सिंहदरवार फर्कन मानसिक रोगी भएको कीर्ते कागजपत्र पेश भएकोभन्दै अख्तियारमा उजुरी परेपछि त्यस्ता कागजपत्र उपर छानविन सुरु गरेको छ।
सबैभन्दा बढी विकृती स्वास्थ्य सेवामा देखिएको थियो । स्वास्थ्य सेवाका झण्डै १ सय ५० कर्मचारीहरुले मानसिक रोगी भएको बाहना देखाउदै संघमा सरुवा हुन सफल भएका थिए । तिनले नक्कली कागजपत्र बनाएको आशंकामा अख्यितारले छानविन प्रक्रिया अघि बढाएका हो।
सबैभन्दा बढी यस्तो कीर्ते धन्दा वीर अस्पतालका डाक्टरहरुबाट भएको रहष्य सार्वजानिक भएको छ । त्यस्ता कर्मचारीहरुलाई मानसिक विरामी तथा कडा रोग लागेको सिफारिश गरेका थिए। स्वस्थ्य कर्मचारीलाई हुँदै नभएको रोग लागेको सिफारिश गर्ने डाक्टरलाई समेत कारवाही हुनेछ । अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले संघमा आउन नक्कली विरामी भएको काजजात पेश गर्ने कर्मचारीको बारेमा छानविन प्रक्रिया सुरु भएको जानकारी गराएका छन्।
त्यसैगरी नेपाल वायुसेवा निगम, नापी विभागसहित थुप्रै सरकारी अड्डाका अनियमितताउपर अख्तियारबाट छानवीन भइरहेको छ । । वीर अस्पतालमा नक्कली मेडिकल बोर्ड बनाउने, बोर्डका नाममा पैसा उठाउने गिरोहबारे पनि अनुसन्धान भैरहेको छ । ३२ जना अहेवको दरबन्दी रहेको त्यहाँ २०७५ सालको ओएनएम सर्वेले दरबन्दी घटाएर ९ मा झा¥यो । तर, अहिले पनि ३६ जना कार्यरत छन् । तीमध्ये १४ जना साविकमा र बाँकी स्थानीय निकायमा काम गर्ने गरी तोकिएका हुन् ।

तर, गुनासोको फारम भर्ने बेलामा ढाड, हाई प्रेसर, मानसिक रोगजस्ता नक्कली कागज बनाएर नेपाल मेडिकल बोर्डको सिफारिस देखाउन थालियो । त्यसरी नक्कली बोर्ड बनाउनेमा युवराज सुवेदी, जीवन श्रेष्ठ, डिल्लीराम खनाल, डिल्ली आचार्य, सविता जोशी, टीकाराम पनेरु, शंकर झा, हिमालय तिवारी भएको उजुरी परेको छ । त्यस्तै, वीर अस्पतालको टेण्डर र नियुक्तिमा पैसा उठाउने भनी स्थानीयका युवराज तिमल्सिना, विष्णु फुँयाल, शोभा गौतम, राजकुमार राजथला र मेडिकल बोर्डका अग्निधर बस्यालको नाम उल्लेख छ ।


