ओलीलाई राष्ट्रघाती भन्ने दीपशिखालाई युवाहरूले हटाउने !



 

महाकाली सन्धि राष्ट्रघाती हो कि राष्ट्रवादी ? त्यसबाट नेपालले के पायो ? कति लाभ लियो र गुमायो ? यो फेरि चर्चा गरिरहनुपर्ने विषय होइन । सन्धि राष्ट्रघाती थियो । यो सन्धिका प्रवर्तक अहिलेका ‘राष्ट्रवादी’ प्रधानमन्त्री केपी शर्मा ओली थिए ।

नेताले बोलेको पुष्टी फेरि कहिल्यै गर्नुपर्दैन । बोल्दै जाने हो, भन्दै जाने हो । सपना बाँडिरहने हो । जनता ढिलो हिसाब गर्छ–छिटो विश्वास गर्छ । रोचक कुरा–ओलीले महाकालीको आम्दानीबारे फेरि कहिल्यै बोलेनन् । अझ भनौं, उनलाई बोल्नुपरेन ।

 

महाकाली सन्धिको पक्षमा सबैभन्दा ठूलो ‘त्याग’ कसैले गरेको थियो भने अहिलेको एमालेले गरेको थियो । बामदेव गौतमले यही सन्धिलाई आधार बनाएर पार्टी फुटाए । ओली तिनै हुन्, जो भन्थे–महाकाली सन्धिबाट नेपाललाई १ खर्ब २० अर्ब वार्षिक आम्दानी हुन्छ ।

नेपाली राजनीति अचम्मको छ–नेताले बोलेको पुष्टी फेरि कहिल्यै गर्नुपर्दैन । बोल्दै जाने हो, भन्दै जाने हो । सपना बाँडिरहने हो । जनता ढिलो हिसाब गर्छ–छिटो विश्वास गर्छ । रोचक कुरा–ओलीले महाकालीको आम्दानीबारे फेरि कहिल्यै बोलेनन् । अझ भनौं, उनलाई बोल्नुपरेन ।

उतिबेलाका ‘राष्ट्रघाती’ ओली अहिलेका चर्का ‘राष्ट्रवादी’ हुन् । राष्ट्रवादको श्रीपेच टाउकोमा गुथेपछि यिनले जनताको अनगिन्ती माया पाए ।

 

ओली रातारात राष्ट्रवादी भए । ओलीलाई प्रधानमन्त्री बन्नु थियो । त्यो प्रधानमन्त्रीको लालसामा ओलीले संविधान जारी गर्न जिरह गरे । उनलाई गणतन्त्र, धर्मनिरपेक्षता तथा संघीयताजस्ता परिवर्तनका एजेण्डामा मुलुकलाई जर्वजस्त हिडाउँने प्रचण्डको साथ थियो । प्रचण्डको संविधान जारी गरेर भएका उपलब्धि जोगाउने स्वार्थ थियो । ‘प्रधानमन्त्री बन्ने’ र ‘उपलब्धि जोगाउने’ स्वार्थबीच तालमेल मिल्दा उनीहरुले संविधानको खिलापमा रहेको भारतीय संस्थापनलाई चुनौति दिए । बस, यहिँबाट ओली ‘राष्ट्रवादी’ भए ।

ओली यसअघि राष्ट्रवादी भएको यो पंक्तिकारलाई जानकारी छैन । यसपछि के होलान् ? अहिल्यै भन्न सकिन्न ।

 

कोशी, गण्डक र महाकाली सन्धिजस्ता राष्ट्रघाती सन्धिका विपक्षमा ओली कहिल्यै बोलेनन् । भारतीय सुरक्षाबल नेपालको भूगोलमा पसेर दिनहूँजसो हाम्रो राष्ट्रवादलाई चुनौति दिँदा ओली उग्राइरहे । कालापानी र सुस्तामा भारतीय विस्तारवादले फौजी क्याम्प खडा गरेर बस्दा यिनको राष्ट्रवाद कता थियो ? त्यो पनि थाहा पाइएन । देशको सीमा हजारौं स्थानमा मिचिएका छन्–ओली बेखबर जस्तै छन् । अचम्म–ओली यस्तै भएपनि राष्ट्रवादी भएका छन्

 

ओली पछिल्लो समय परिवर्तनको पक्षमा कहिल्यै उभिएनन् । यिनले जाँगर लाएर ०६२/०६३ को आन्दोलनमा भाग समेत लिएनन् । बरु आन्दोलनलाई उल्टो खिसिट्युरी गरे– ‘आन्दोलनको सफलता भनेको ठेलागाढा चढेर अमेरिका जानु जस्तै हो’ । यिनलाई गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताजस्ता परिवर्तन कहिल्यै मन परेन । ठोसमा भन्दा ०६२/०६३ पछिको परिवर्तनमा ओलीको कुनै सकारात्मक भूमिका रहेन र यो परिवर्तित अग्रगमनमा ओलीको उदाशिनताबाहेक कुनै देन छैन ।

 

ओलीले गए शुक्रबारमात्रै काभ्रे पुगेर घुमाउरो भाषामा संघीयताको विरोध गरे । संविधान कार्यान्वयन गर्ने कार्यकारी जिम्मेवारी पाएका ओलीले ‘संघीयता लागू गर्न खोजे जनताले खारेज गर्ने’ भनेर आफ्नो असली नियत बोले भन्दा अतियुक्ति हुँदैन । यो अभिव्यक्ति ओलीको अन्तरमन थियो ।

यो टिप्पणी ‘ओली गफ र राष्ट्रवाद’ मा मदहोश भएका एमालेजनप्रति हो । ओली प्रधानमन्त्री भएपछि के गरे ? समीक्षा गरौं –

प्रधानमन्त्री भईसकेपछि ओलीका मुख्य तीन जिम्मेवारी थिए । नयाँ संविधानको क्रार्यान्वयन, भूकम्पबाट भएको क्षतिको पुनःनिर्माण तथा राहत र संविधानमा असहमत मुख्यतः मधेसी मोर्चा तथा अन्यलाई सहमतिमा ल्याउँदै संविधान क्रार्यान्वयनको थालनी गर्नु ।

 

ओली यी ३ मुख्य जिम्मेवारीमा असफल मात्रै छैनन् पुर्णतः उदाशिन छन् । ओली अहिलेका यी तात्कालिन एजेण्डा र मुख्य जिम्मेवारीबाट भागिरहेका छन् । हो, यहीँनेर ओलीको परिवर्तनप्रतिको उदाशिनता र स्वार्थमा केन्द्रित ‘ओली राष्ट्रवाद’काबीच प्रश्न खडा हुन्छ ।

ओलीले सपना देख्न पाउँदैनन्–हामीले यसो भन्नु हुँदैन । ओलीले सपना नबाँडुन्–यो पनि हामी ठान्दैनौं । तर संक्रमणकालमा रहेको मुलुकको एक कार्यकारीलाई गफाडी बन्ने छुट छैन ।

 

हो, केही काम भए । निरपेक्ष गाली गर्नुहुँदैन । अरु प्रधानमन्त्रीले जस्तै ओलीले पनि बजेटमा केही नयाँ कुरा ल्याएका छन् । चीनसँग पारवहन सम्झौता भयो । पोखरा एयरपोर्ट निर्माण शुरु भयो । केरुङ, काठमाडौं, पोखरा, लुम्बिनी रेलको एजेण्डा हाम्रो होइन–चीनको हो । पारवहन र पोखरा एयरपोर्ट यसअघिका सरकारबाट पहल भएको र ओलीको पालामा सम्झौता भएको विषय हो–नयाँ होइन । तर नराम्रो होइन ।

 

पुरानो एउटा उखान छ–‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ । ओलीमा यही उखान लागू हुन्छ । उनी मुख्य काम र जिम्मेवारी छाडेर सपनाको कुम्लो बोकेर सोझा जनतालाई भ्रम बाँड्न माहिर छन् । ओली जनता हाँसेको या रोएको पत्तो पाउँदैनन् ।

उनले मुलुकको आर्थिक वृद्धिको आँकडा लिँदा हुन् र आफ्नो भनाईसँग दाँज्दा हुन् । उनले यसो गरेको पाइएन । सपना, विपना या सोचाईँको प्रतिबिम्वन हो । यसकारण एमालेजन भ्रमबाट मुक्त हुनुपर्यो –यो सपना होइन, ओली गफ हो । गफाडीसँग मुलुक विकासको कुनै साइनो हुँदैन ।

 

माथि उल्लेखित तीन जिम्मेवारी बेलैमा पूरा नगर्दा मुलुक कहाँ पुग्छ ? मुलुक असफल हुन्छ । संविधान क्रार्यान्वयन नहुँदा नयाँ संविधानको औचित्य संविधान त सकिन्छ । पुनःनिर्माण बेलैमा नहुँदा लाखौं घरवारविहिनहरुले अत्महत्या गर्नुपर्ने अवस्था आउँछ भन्नेप्रति ओली बेखबर छन् या उदाशिन ? ओलीले सपना देख्न पाउँदैनन्–हामीले यसो भन्नु हुँदैन । ओलीले सपना नबाँडुन्–यो पनि हामी ठान्दैनौं । तर संक्रमणकालमा रहेको मुलुकको एक कार्यकारीलाई गफाडी बन्ने छुट छैन ।

 

उनले प्रधानमन्त्री भएपछि लगाएका सात गफले हामी नेपालीलाई रुन्चे हाँसो लगाउँछ । उनका गफ सुन्दा कहिलेकाहीँ के लाग्छ भने उनी रातभरी सपना होइन, ‘गफ’ लगाउने तानाबाना बुन्छन् र बिहान उठेर कण्ठ गर्छन् । सोही गफ दिनभरी हामी जनतालाई भट्याउँछन् । नत्र कार्यकारीको सपना मुलुकको आर्थिक अवस्थासँग मिल्दो हुनुपर्ने हो । उनले मुलुकको आर्थिक वृद्धिको आँकडा लिँदा हुन् र आफ्नो भनाईसँग दाँज्दा हुन् । उनले यसो गरेको पाइएन । सपना, विपना या सोचाईँको प्रतिबिम्वन हो । यसकारण एमालेजन भ्रमबाट मुक्त हुनुपर्यो –यो सपना होइन, ओली गफ हो । गफाडीसँग मुलुक विकासको कुनै साइनो हुँदैन ।

 

भूकम्पले घरको जरो उखेलेको छ । पीडितलाई टिनको टहरो चाहियो । टहरो बनाउन उदाशिन ओली पानीजहाज किन्ने भन्छन् । हामी सस्तो या महंगो, पेट्रोलपम्पमा तेल नपाएर साधन थन्क्याउन नपरे हुन्थ्यो भन्छौं, ओली चाँही २ वर्षमा तेलको खानी चलाउँछु भन्छन् । भान्सामा एक सिलिण्डर ग्याँस चाहिएको छ–ओली घरघरमा ग्याँस पाइप जोड्छु भनेर हाम्रो भान्सामा ‘खुनको आँशु’ को बहार गराउँछन् । वर्षामा राजधानीको सडकमा हाम्रा सवारी साधन नडुबे र बटुवालाई हिलाम्य नबनाए हुन्थ्यो, जे छ त्यसमा जाममा नपरी यात्रा गर्नुपाए हुन्थ्यो–ओलीको मेट्रो बस कहिले चढ्नु ? हावाबाट आउने बिजुली एक वर्षमा छेलोखेलो चाहिएको छैन–लोडसेडिङको तालिका अनुसारै सहि, बत्ति आए हुन्थ्यो । उनी पहाड भित्ताका तुइन विस्थापनका कुरा गर्छन्–काठमाडौंका सडकमा तुइन हाल्न नपरे हुन्थ्यो ।

 

आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीका अनुसार हामी वार्षिक २५ अर्बको त धानमात्र किनेर खान्छौं, दलहनसमेत जोडदा यो ४५ अर्ब पुग्छ । ५ अर्बको खानेतेल, ८ अर्बको तरकारी, १५ खर्बको मासु, ६ अर्बको फलफूल, २ अर्बको माछा, १ अर्बको चिया, २ अर्बको सूर्ती, ५ अर्बको पामआयल, ४ अर्बको भटमासको तेल, १ अर्बको नरिवलको तेल, १ अर्बको पाउडर दूध, १.५ अर्बको अदुवा–लसुन, २.५ अर्बको अन्य मसला आयात हुन्छ । यो तथ्यांक ओलीलाई थाहा छ कि छैन ? यी आयात गरिने वस्तु नेपालमै उत्पादन हुन सक्छन् र ओलीले भनेको समयसिमामै हुन्छ । तर ओली यसबारे बेखबर जस्तै छन् ।

ओली भन्छन्–सरकार ढाले पाप लाग्छ । हामीलाई हाँसो उठ्छ । किन लाग्ने हो पाप ? के हामीले देखेको मुलुक निर्माण र सम्बृद्धिको सपना बलिदान दिएर सिहंदरबारबाट ‘ओली गफ’ सुनिदिइरहनुपर्ने हो ?

 

एमालेजनले यो ओलीको गफ होइन, सपना हो भन्लान् । हो, यो सपना पनि हो तर ओलीको यो सपना होइन–गफ हो । मुलुकको कार्यकारीले बाड्ने सपना हाम्रो आर्थिक विकासको अवस्था र सम्भाव्यतामा आधारित हुन्छ । आर्थिक विकासको सम्भाव्यता र अवस्थासँग नजोडिएको सपना केबल ‘मुकुन्दे गफ’ हो (केही समयअघि रत्नपार्कमा बस्ने मुकुन्दे नामको एक गफाडी) । ओलीलाई यो मुकुन्दे गफ गर्ने छुट छैन ।
म अर्थ व्यवस्थाबारे खास जान्दिन र धेरथोर ज्ञान भएको विद्यार्थी समेत होइन । ज्ञाताहरुको आँकडा विश्लेषण हेर्दा अहिले हाम्रो मुलुक आर्थिक कोणबाट व्यवहारतः असफल राष्ट्रमा गनिन्छ । ओली राष्ट्रको यो अवस्थाप्रति चिन्तित थिए भने असफल राष्ट्रका रुपमा घोषणा मात्रै नभएको मुलुकको अर्थ अवस्था सुधार्न पहल गर्नुपर्ने हो ।

 

एमालेजन भन्दैछन् –‘ओली महान हुन् । ओलीले उत्पातै गरे । ओलीलाई काम गर्न नदिने षड्यन्त्र हुँदैछ ।’ ओली के भएर महान भएका हुन् ? ओलीले के गरे ? १,२,३ गरेर बुँदामा ओलीले यो, यो गरे भन्ने कुनै काम गरेको प्रमाण छ ? ओलीले के राम्रो कामको के सुरुवात गरेका छन् र उनलाई काम गर्न नदिने षड्यन्त्र भइरहेको छ ? कम्तीमा हामी र अरुलाई भ्रममा राख्न प्रयत्न गरेपनि एमालेजन आफै भने भ्रममा पर्नु हुँदैन । नत्र भोलिको तपाईँहरुकै पुस्ताले ओलीबारे सोधेको प्रश्नमा तपाईँहरु नाजवाफ बन्नुपर्छ ।

 

हाम्रो समाजमा कोही अल्पआयुमै बित्यो भने ‘राम्रो मान्छे थियो, भगवानलाई उ राम्रो लागेर लगे’ भन्ने धार्मिक अन्धविश्वासको चरम अभिव्यक्ति यदाकदा सुन्न पाइन्छ । मान्छे मर्नु राम्रो होइन र पनि राम्रो ठानेजस्तो गर्ने यो मानिसको भगवानप्रतिको अन्धभक्ति हो । एमालेजनले ओलीप्रति यस्तै अन्धभक्ति राख्छन् भने भन्नु केही छैन ।

ओली भन्छन्–सरकार ढाले पाप लाग्छ । हामीलाई हाँसो उठ्छ । किन लाग्ने हो पाप ? के हामीले देखेको मुलुक निर्माण र सम्बृद्धिको सपना बलिदान दिएर सिहंदरबारबाट ‘ओली गफ’ सुनिदिइरहनुपर्ने हो ?

(यो लेख लेखक माओबादी केन्द्रको भात्रिसंगठन तत्कालिन वाइसियलको अध्यक्ष दिपशिखा पार्टी एकतापछी हाल युबासंघको संयोजक हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस
माओवादी आन्दोलन आवश्यक नै थिएन : प्रदीप ज्ञवाली

     नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादीको १० वर्षे आन्दोलनले देशलाई पछि

विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब पुग्यो

     मुलुकसँग विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ

मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम एक खर्ब ८४ अर्बले धेरै

  चालु आर्थिक वर्ष २०८१–८२ को तीन महिना (साउनदेखि असोज)सम्म  मुलकबाट बाहिरिनेभन्दा भित्रिने

दुर्गा प्रसाईं पक्राउ

  धानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ