नियमित सम्पर्कले यी रोगबाट छुटकारा मिल्छ



 

आफ्नो आवश्यकता अनुसार नियमित वा हप्तामा दुई–तीन पटक सेक्स गर्दा विभिन्न रोगका लागि फाइदाजनक हुने विभिन्न अनुसन्धानहरूले देखाएका छन् । कुनकुन रोगमा औषधि बन्छ त सेक्स ? केही यहाँ चर्चा गरिएको छ ।

हाम्रो समाजमा यौनलाई लज्जाको विषय मानिन्छ, र यसलाई नितान्त गोप्य राख्ने गरिएको छ । सामान्यत : हामी यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने एउटा प्रक्रिया मात्रै ठान्छौं । तर धेरैलाई थाहा नहुन सक्छ यौन सम्पर्क गर्दा विभिन्न रोगबाट समेत मुक्ति पाइन्छ अर्थात् फाइदा हुन्छ ।

टाउको दुख्ने : नेशनल सर्वे अफ सेक्सुअल एटिट्युड्स एन्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका बिरामीलाई नियमित सेक्स फाइदाजनक हुने देखाएको छ । उक्त सोधले के पनि बताएको छ भने महिनामा पाँच÷छ पटकभन्दा कम सेक्स गर्नेहरूलाई माइग्रेन हुने सम्भावना अधिक हुन्छ ।

ब्लड प्रेसर : यसैगरी ब्लड प्रेसर (उच्च रक्तचाप)का बिरामीलाई पनि नियमित सेक्स फाइदाजनक रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । नियमित सेक्स गर्दा उच्च रक्तचाप नियन्त्रण हुने शोधको दाबी छ ।

प्रोस्टेट क्यान्सर : नियमित सेक्स गर्ने पुरुषलाई प्रोस्टेट क्यान्सरको सम्भावना कम हुने दाबी शोधकर्ताले गरेका छन् । महिनामा नियमित वा कम्तीमा २१ पटक सेक्स गर्दा प्रोस्टेट क्यान्सरको खासै खतरा नहुने उनीहरूको दाबी छ ।

हार्ट अट्याक : नियमित सेक्स गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोनका सन्तुलन रहने हुँदा हार्ट अट्याक (हृदयघात)को कम हुने चिकित्सकहरू बताउँछन् ।

मोटोपन : मोटोपनको समस्यामा हुनेहरूले नियमित सेक्स गरे फाइदा पुग्ने बताइएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित सेक्स मोटोपन घटाउने उत्तम उपाय भएको अनुसन्धानकर्ताहरूको भनाइ छ । –एजेन्सीको सहयोगमा तयार पारिएको हो ।

 

स्खलन छिटो नहुने यस्तो तरिका

यौन सम्पर्क अघि वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्याहरूमध्ये सबैभन्दा बढी पाइने समस्या हो । सजिलो भाषामा भन्नुपर्दा वीर्य स्खलन छिटो हुनु नै शीघ्र वीर्य स्खलन हो, तर कतिपयले सामान्य

समय सीमामै वीर्य स्खलन भए पनि चाँडो भएको मान्छन् भने कसैले धेरै समय लागे पनि त्यसलाई सामान्य मान्न सक्छन् । महिलालाई यौन चरमसुख प्राप्त गर्न एकदमै धेरै समय लाग्ने अवस्थामा पनि पुरुषको वीर्य स्खलन चाँडो भएजस्तो हुनसक्छ ।

 

यसको पक्का कारण यही नै हो भनेर भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूलकारण मानसिक नै भएको पाइन्छ । कतिपय मानिसमा यौनसम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु एक गम्भीर चिन्ताको कारण हुनसक्छ । आफ्नो यौन जोडीलाई सन्तुष्ट तुल्याउन सक्दिन कि भन्ने चिन्ताले समस्यालाई थप बढाउँछ । विरलै भए पनि केही कतै यस्तो समस्याको कारण त होइन भनेर केलाउन बिर्सनु हुँदैन ।

 

उपचार गर्न सकिएला : आक्कल–झुक्कल शीघ्र स्लखन हुनु अस्वभाविक होइन । त्यसैले यस्तो स्थितिमा खासै चिन्ता गर्नु आवश्यक छैन । धेरै चिन्ता गर्दा समस्या अझ बढ्न सक्छ । शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भने पक्कै समाधानको उपाय खोज्नुपर्ने हुन्छ । यो समस्या कम गर्न आफैंले अबलम्बन गर्न सकिने केही उपाय छन् ।: यौनसम्पर्क गरिरहँदा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर केही बेर यौनक्रीडालाई नै रोक्ने र यौन उत्तेजना केही कम भएपछि पुन: सुरु गर्ने । लोग्नेमान्छे माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भै यौनसम्पर्क गरे पनि शीघ्र स्खलन कम गर्न मद्दत पुग्छ ।

 

लिंग अँठ्याउने : यौनसम्पर्क गर्दा स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिंगको फेदलाई बेस्सरी अठ्याउने र वीर्य स्खलन हुन नदिने । केहीबेरमा यौन उत्तेजना केही कम भएपछि पुन: यौनक्रीडा सुरु गर्ने ।कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ । यस्तो बेला चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्‍याउँछ ।

पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलन रोक्ने अभ्यास गर्न सक्दा पनि फाइदा हुन्छ । अचेल छालाको संवेदनशीलता कम गर्ने मल्हम तथा स्प्रेहरू पनि बजारमा उपलब्ध छन् ।

 

त्यस्तै याेन सम्पर्क गर्दा दीर्घकालीन उपचारका लागि हस्तमैथुनमा जस्तै उत्तेजित लिंगलाई चलाउने र वीर्य स्खलन होलाजस्तो भएपछि रोक्ने र उत्तेजना केही कम भएपछि पुन: हस्तमैथुन सुरु गर्ने तथा वीर्य स्खलन होलाजस्तो भएपछि रोक्ने र यो प्रक्रिया दोहोर्‍याउने । वीर्य स्खलनलाई राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागे पछि श्रीमतीसँग यौनसम्पर्करहित यौन क्रियाकलापमा संलग्न हुने तर यौनसम्पर्क अर्थात लिंग योनिमा पसाउने कार्य भने नगर्ने । वीर्य स्खलन होलाजस्तो भए पछि उक्त क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुन: सुरु गर्ने ।

 

आफ्नो यौन साथीसँग पहिले कुनै चिप्लो पदार्थ प्रयोग नगरी र पछि चिप्लो पदार्थ प्रयोग गरेर यस्तो क्रियाकलापमा संलग्न हुने । अब वीर्य स्खलनमा पर्याप्त नियन्त्रण भयो जस्तो लागेपछि लिंगलाई बिस्तारै भगक्षेत्र (योनि क्षेत्र) मा स्पर्श वा हल्का घर्षण गर्ने तर यौनसम्पर्क भने नगर्ने । यसो गर्दा वीर्य स्खलन होला जस्तो भए ती क्रियाकलाप गर्न रोक्ने र उत्तेजना केही कम भए पछि पुन: सुरु गर्ने । वीर्य स्खलनलाई नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि माथि भनिए जस्तै पहिले यौन साथी बढी सक्रिय हुने गरेर यौनसम्पर्क सुरु गर्ने ।

 

वीर्य स्खलन नियन्त्रण गर्न सकिने स्थिति वा क्षमतालाई हेर्दै विविध उपाय अवलम्बन गर्दै यौनसम्पर्कलाई अघि बढाउने । हप्तामा चार पटक यौनसम्पर्क गर्नु हुन्छ भने दुई पटकको पाक्क्रीडा अनि त्यसपछिको यौन क्रियाकलाप सम्पूर्ण रूपमा श्रीमतीको यौन चरमसुख प्राप्तिका लागि समर्पित गर्नुहोस्, जसले तपाईंहरूको यौनजीवनलाई सुखमय बनाउन सहयोग गर्छ र बाँकी दुईमा आफ्नो । तपाईलाई थाहै होला, महिलाको सर्वाधिक यौन संवेदनशील अंग भगांकुरको घर्पणका लागि योनिमा लिंग प्रवेश गराउनु आवश्यक छैन ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति

दुर्गाका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु

    दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक

धवलशमशेर राणालाई गिजाको क्यान्सर

    राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर भएको छ ।