जहाजमाथी एक्कासी आगो लाग्यो, समुन्द्रमा हाम फालेर २८ जनाले ज्यान बचाए



हाम्रो इकोनोमि

 

 

आज अचानक जहाजमा आगलागी हुँदा ठुलो क्षति भएको छ । भारतीय तटरक्षक जहाज जगुआरमा आज आगो लागेको हो । जहाजमा आगलागी भएपछि ज्यान बचाउनका लागि चालक दलका २८ जनाले समुन्द्रमा हाम फालेका थिए ।

भारतीय तट रक्षक बलले २८ जनाको उद्धार गर्न सफल भएपनि तैनाथ २९ जनामा एकजना हराइरहेको जानकारी दिएको छ । आगलागीको कारण खुल्न सकेको छैन । तटरक्षक बल दिएको जानकारी अनुसार पहिले जहाजमा ठुला आवाज आयो अनी धुवाँ निस्कन सुरु भयो ।

तटरक्षक बलको अर्को जहाज रानी राशमोनी पनी त्यस क्षेमा थियो जसलाई उद्धार कार्यमा लगाइएको अधिकारीहरुले बताएका छन् । हराइरहेका एकजनाको खोजि भइरहेको जानकारी दिइएको छ । सी–४३२ जहाजसँगै तटरक्षक बल हेलिकप्टरलाई पनि उद्धारमा लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...