‘श्रीमतीलाई नर्सिङ पढाउन ११ वर्ष मलेसियामा घोटिए, नर्स बनेपछि पोइल गइन्



हाम्रो इकोनोमि

 

 

काठमाडौ मेरो नाम राजन गिरी हो । मेरो घर भूल्के-५ भोजपुर, हाल विराटनगर-४ मा डेरा गरी बस्दै आएको छु । म गरिब परिवारको भएका कारण आफ्नो जिविका चलाउनका लागि मलेसियामा गएर काम गर्न थालेको पनि ११ वर्ष भयो ।

गरिब भएपनि या जतिसुकै गाह्रो भएपनि घरमा एकजना शिक्षित हुनुपर्छ भन्ने लागेर मैले मेरो श्रीमतीलाई पढाउने निर्णय गरे र प्लस टु पढाए । प्लस टु पढाएर पनि केही नहुने देखेपछि मैले उनलाई स्टाफ नर्स पढाए । दिनरात मेहेनत गरेर विदेशी भूमीमा पसिना बगाएर कमाएको पैसाले विराटनगरमा कोठा भाडामा लिएर राखेर उनलाई स्टाफ नर्ससम्म पढाए र उनी नोबेल हस्पिटलमा काम गर्न थालिन् ।
तर, उनले मलाई धोका दिइन् र मैले पसिना बगाएर कमाएको सम्पत्ति लिएर पोइल गइन् । उनले ४ तोला सुन लिएर भागेकी छिन् ।म सबै नेपाली साथीभाई हरूलाई भन्न चाहन्छु की श्रीमतीको सबै कुरामा विश्वास गर्न नहुने रहेछ । मैले किन यस्तो भन्दैछु भने म एक पात्र हुँ जसले यसको ज्वलन्त उदाहरण भोगेको छ ।

मैले बगाएको पसिनाको कमाईमा पढेर काम गर्न थालेकी उनले घर सानो भयो, मलाई जागिरमा जान गाह्रो भयो मोटरसाईकल चाहियो भन्दै मलाई विदेशिन बाध्य बनाइन् । यसक्रममा उनले आफूसँग जोडी नमिल्ने, लवाई खुवाई मिल्दैन भन्दै सम्पत्ति कम भएको भन्ने निहुँमा झगडा गर्ने र मलाई फेरी विदेश जान बाध्य बनाएपछि म मलेसिया आएको ११ महिनापछि पोइला गइन् ।

यता म भने श्रीमतीको पढाई खर्च कसरी पुर्याउने भन्दै कति दिन भोकै बसे, भोकै काम गरे । तर, मेरो उक्त मेहेनत खेर गयो । अहिले अनेक बहाना बनाएर पोइला गइन् । उनको नाम सुमित्रा गिरी हो, नागरिकतामा यही छ नाम । म अहिले मलेसियामा छु । उक्त घटनाबारे मेरो बहिनी हिरा गिरीले विराटनगर चौकीमा निवेदन दिएकी छिन् ।

दाईले विदेशबाट पैसा पठाएर भाउजुलाई पढाउनु भयो : हिरा गिरी भाउजु र म सँगै डेरा गरेर बस्थ्यौ । दाइले बेदशबाट पैसा पठाएर भाउजुलाई पढाउनु हुन्थ्यो । दाईको बिहे सुमित्रासँग एसएलसी दिएपछि भएको थियो । सुमित्रालाई दाइले नै प्लस टु र स्टार्फ नर्स पढाउनु भएको थियो । नोवेल मेडिकल कलेजमा काम गरेको दुई बर्ष हुन लागेको थियो ।

भाउजु विएसी गर्न भन्दै काठमाण्डौ जानु भयो गत वर्ष मंसिरमा । काठमाडौ गएको केही दिनपछि वहाले फो गरेर आफूले बिहे गरेको बताउनु भयो । त्यसपछि कुनै सम्पर्क भएको छैन् । पढ्न दाइले नै पठाउनु भएको थियो । तर, सम्पर्कमा नआएपछि मैले पुसमा जिल्ला प्रहरी कार्यालयमा मोरङमा मान्छे हराएको भन्दै उजुरी गरे । यस विषयमा प्रहरीले कुनै जानकारी दिएन ।

प्रहरी के भन्छ ?
यता जिल्ला प्रहरी कार्यालय मोरङले गत बर्ष सुमित्रा गिरी हराएको भन्दै खोजी गरिदिन निवेदन परेको जानकारी दिएको छ । सुमित्राको खोजी गर्दा फेला नपरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...