प्रचण्डका छोरा प्रकाशका नाममा दुबईमा २१ अर्ब रुपैयाँ रहेको प्रमाणित गर्न चुनौती



हाम्रो इकोनोमि

 

पछिल्ला केही दिनहरुमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का दिवंगत प्रकाश दाहालका नाममा दुर्बइको बैङ्कमा २१ अर्ब रुपैयाँ रहेको आरोप लाग्दै आइरहेको छ ।

 

अहिले अध्यक्ष प्रचण्डको सचिवालयले यो प्रचार गलत भएको भन्दै प्रचारलाई प्रमाणित गर्न चुनौति दिएको छ । अध्यक्ष प्रचण्डको सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै प्रकाशको नाममा कुनैपनि विदेशको बैङ्कमा खाता र पैसा रहेको कुराको प्रमाण ल्याउन चुनौती दिएको हो ।

 

प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कमरेड प्रकाशको नाममा कुनैपनि विदेशको बैङ्कमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौती दिन्छौ ।

 

परिवर्तनका विरोधी, प्रतिक्रान्तिकारी तत्त्वहरुको यसखालका कपोकल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टीपङ्ती एवम् जनसमुदायमा अपिल गर्दछौँ । यसप्रकारका झुठा प्रचार गर्ने तत्त्वहरुलाई आवश्यक कारवाहीका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध गर्दछौँ ।’

 

यसअघि दिवंगत प्रकाश दाहालको नाममा दुबईको बैङ्कमा २१ अर्ब रुपैंयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने प्रचार भएको थियो । यसलाई प्रचण्डको सचिवालयले कुप्रचार भन्दै घोर भत्र्सना र खण्डन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...