नेकपा कार्यालय बल्खु सार्ने यस्तो छ तयारी



 

पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको धुम्बाराहीस्थित घर–जग्गामा रहेको नेकपा केन्द्रीय कार्यालय साविक एमाले कन्द्रीय कार्यालय रहेको मदननगर, बल्खुमै सार्ने गरी काम अघि बढाएको छ ।

नेकपा केन्द्रीय कार्यालयसँगै रहेको कांग्रेस भगिनी संगठन शिक्षक संघले चर्चेकाे भूमिमाथि सो पार्टीले प्रश्न उठाएको छ । सो कार्यालयले पनि उक्त जग्गा छाड्नुपर्ने नेकपाको भनाइ छ।  स‌ंघले रिङराेडकाे उक्त जग्गा व्यापारिक प्रयाेजनका लागि मह‌ँगाेमा भाडा लगाइरहेकाे छ।

 

धुम्बाराहीमा केन्द्रीय कार्यालय सार्ने बेलाका साविक एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले भने, ‘०७२ सालको भूकम्पमा बल्खुको केन्द्रीय कार्यालय भत्कियो । त्यसपछि कार्यालय सार्न भवन खोज्यौँ। उपयुक्त पाइएन। अनि पासाङ ल्हामु प्रतिष्ठानसँग आश्रय मागेका हौँ। अहिले पनि केन्द्रीय कार्यालय सार्न भवन खोजिरहेका छौँ, उपयुक्त पाइएको छैन । त्यसैले अब बल्खुमै बनाएर केन्द्रीय कार्यालय सार्ने तयारीमा छौँ।’

 

भूकम्पपछि प्रतिष्ठानले २०७२ साउन २३ गते तत्कालीन एमालेलाई पार्टी कार्यालय राख्न सम्झौता गरेको थियो। पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले भोगाधिकार पाएको धुम्बाराहीस्थित ३ रोपनी ७ आना २ पैसा जग्गा र त्यसमा बनाएको घरसमेत नेकपाले तीन वर्षका लागि भनी केन्द्रीय कार्यालय सारेको थियो। सो समयावधि सकिइसकेको छ।

 

मौजुदा कानूनअनुसार, सरकारबाट भोगाधिकार प्राप्त निकायले आफूले पाएको जग्गा तेस्रो पक्षलाई भाडामा दिन पाउँदैन। नाम नलेखिदिन आग्रह गर्दै पासाङल्हामु प्रतिष्ठानका एक पदाधिकारीले भने, ‘मासिक दुई लाख २५ हजार रुपैयाँ भाडा तिर्नेगरी नेकपालाई दिएको भनिएको छ तर संस्थाको खातामा पैसा आएको देखिँदैन। भाडामा दिएको नभई आश्रय मात्र दिएको हो भन्ने मेरो बुझाइ छ।’

 

मनमोहन अधिकारी प्रधानमन्त्री छँदा ०५१ सालको तत्कालीन एमालेको अल्पमतको सरकारले पासाङ ल्हामु प्रतिष्ठानलाई उक्त सरकारी जग्गा उपलब्ध गराएको थियो। जसमा अहिले शिक्षक संघले चर्चेको कित्ता नम्बर ८० को तीन रोपनी जग्गासमेत पासाङ ल्हामु प्रतिष्ठानकै रहेको प्रतिष्ठानका ती अधिकारीको दाबी छ।

 

त्यसको १२ वर्षपछि भूमि सुधारमन्त्रालयले ०६३ सालमा प्रतिष्ठानलाई जग्गा कित्ताकाट गरी भोगाधिकार दिएको थियो। काठमाडौं महानगरपालिका–४ धुम्बाराहीस्थित सीट रोल नम्बर १०२–०९८७–१६ को कित्ता नम्बर ७४ अन्तर्गतको ५ रोपनी १ आना १ पैसा १ दाम जग्गामध्ये ३ रोपनी ७ आना २ पैसा जग्गा कित्ताकाँट गरी प्रतिष्ठानलाई दिएको मालपोत कार्यालय डिल्लीबजारको अभिलेखमा उल्लेख छ। बाँकी जग्गा शिक्षक संघले उपयोग गरिरहेको नेकपाको दाबी छ।

 

राष्ट्रिय विभूति हुन्– पासाङ ल्हामु शेर्पा । उनी सगरमाथा शिखर चुम्ने पहिलो नेपाली महिला हुन्। २०५० वैशाख १० गते सगरमाथा आरोहण गरी शिखरबाट ओर्लिने क्रममा सगरमाथामै निधन भएको थियो। प्रतिष्ठानकी वर्तमान अध्यक्ष आङफुटी शेर्पा पासाङ ल्हामुकी जेठी छोरी हुन्।

 

अमेरिकामा उच्च शिक्षा पूरा गरी गत वर्ष मात्र फर्केकी उनी हालै स्पेनका लागि नेपाली राजदूत सिफारिश भएकी छिन्। उनी संसदीय सुनुवाई समितिबाट पनि अनुमोदन भएर स्पेन सरकारबाट आउने ‘क्रिडेन्सिल’ कुरेर बसेकी छिन्। स्पेन सरकारबाट पत्र प्राप्त भएपछि राष्ट्रपति विद्या भण्डारीबाट राजदूत नियुक्त हुने छिन्।

 

धुम्बाराहीस्थित नेकपा केन्द्रीय कार्यालयसँगै जोडिएको नेपाली कांग्रेसको भगिनी संगठन– नेपाल शिक्षक संघको कार्यालय रहेको जग्गा समेत मनमोहन सरकारले पासाङ ल्हामु प्रतिष्ठानलाई नै उपलब्ध गराएको नेकपाको दाबी छ।

 

साविक एमाले कार्यालय सचिव एवम् नेकपा केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार, तत्कालीन सभामुख दमननाथ ढुंगाना नै सुरुमा पासाङ ल्हामु प्रतिष्ठानसँग जोडिएका थिए। ०४८ सालको संसदीय चुनावमा त्यसबेलाको क्षेत्र नम्बर २ बाट चुनाव जितेका थिए, ढुङ्गानाले। धुम्बाराहीस्थित प्रतिष्ठानको कार्यालय सोही निर्वाचन क्षेत्रमा पथ्र्यो।

 

०४८ सालको प्रतिनिधिसभाका सभामुख ढुङ्गाना नै पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानका प्रथम अध्यक्ष हुन्। उनै अध्यक्ष छँदा प्रतिष्ठानले प्रयोग गरेको जग्गाबाटै काटेर शिक्षक संघलाई उपलब्ध गराइदिएको नेकपा नेता श्रेष्ठको भनाइ छ। उनले भने, ‘सोनाम छिरिङजी (पासाङका पति) ले  पनि त्यसबेला चित्त बुझाउनुभो। सभामुख भइसकेको मान्छेले पहल गरेपछि नहुने कुरै भएन।’

 

काठमाडौं महानगरपालिका–४ मा पर्ने कित्ता २ रोपनी १५ आना जग्गा अहिले पनि शिक्षक संघले उपभोग गर्दै आएको छ। संघले तीनतले कार्यालय भवन भवन बनाएको छ। त्यसबाहेक जग्गामा सटरहरू बनाएर हार्डवेयर, जेसीभी स्काभेटर र अन्य कम्पनीलाई भाडामा लगाउँदै आएको छ।

 

नेकपा नेता श्रेष्ठले भने, ‘हामीले पासाङ ल्हामु प्रतिष्ठानकै घरजग्गामा भूकम्पपछि केही समयका लागि कार्यालय राखेका मात्र हाै‌ं। हामी सकेसम्म चाँडो उक्त भवन छाड्छौँ। कांग्रेसले हामीमाथि प्रश्न उठाएको छ। उसको भगिनी संगठन शिक्षक संघको कार्यालय पनि त्यहाँबाट सार्नुपर्छ। उसले त आफ्नै घर बनाएर बसेको छ। त्यसमाथि अरुलाई भाडामा लगाएको पनि छ। त्यो गैरकानूनी काम हो। हामीमाथि प्रश्न उठाउनेले आफूले पनि छाडेर देखाउनुपर्छ काठमाण्डौ प्रेसले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
माओवादी आन्दोलन आवश्यक नै थिएन : प्रदीप ज्ञवाली

     नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादीको १० वर्षे आन्दोलनले देशलाई पछि

विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब पुग्यो

     मुलुकसँग विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ

मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम एक खर्ब ८४ अर्बले धेरै

  चालु आर्थिक वर्ष २०८१–८२ को तीन महिना (साउनदेखि असोज)सम्म  मुलकबाट बाहिरिनेभन्दा भित्रिने

दुर्गा प्रसाईं पक्राउ

  धानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ