वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेललाई हटाइदै



नेपाल बयुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाइ हटाउन सरकारले अन्तिम तयारी गरेको छ । उनले गरेको प्रतिबद्धताअनुसार काम गर्न नसकेका कारण हटाउन लागिएको हो । खरेलले यो कुराको सुइको थाहा पाएपछि अहिले बिदामा बसेका छन् । नेपाल वायुसेवा निगम सुधारका निम्ति ठोस कार्ययोजना ल्याउन नसकेपछि कार्यकारी अध्यक्ष मदन खरेल पाँच दिनदेखि घर विदामा बसेको निगम स्रोतले जनाएको छ ।

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अध्यक्ष खरेललाई निगम नाफामा लैजाने र सवै जहाज उडान गरेर अधिकतम जनतालाई फाइदा पुग्नेगरी कार्ययोजना पेश गर्न निर्देशन दिएअनुरुप उनले त्यो पेश गर्न नसकेपिछि उनी बिदामा बसेका हुन । ‘प्रत्येक दिन मन्त्रालय बोलाएर निगमको बारेमा मन्त्रीज्यूले चासो दिएपछि कार्यकारी अध्यक्ष मदन खरेल विदामा बस्नु परेको निगम स्रोतले बताएको छ ।
कार्यकारी अध्यक्षको रुपमा ११ महिना अघि नेपाल वायुसेवा निगममा प्रवेश गरेका खरेललाई पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली नै उनीदेदि रुष्ट हुन थालेका छन् ।

प्रधानमन्त्री ओलीले तत्कालीन निगमका महाप्रवन्धक सुगरत्न कंसाकार वाइडबडी जहाज खरिदमा मुछिएको भन्दै खरेललाई कार्यकारी अध्यक्षमा नियुक्त गराएका थिए।
मन्त्री भट्टराईले काम गर्न नसके पद ओगटरेर नबस्न र सरकारसँग २० अर्ब रुपैयाँ माग गर्दैै आएका खरेललाई मन्त्री भट्टराईले सबै जहाज नउडाएसम्म एक रुपैयाँ पनि दिन नसक्ने जनाउ दिएका थिए।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई समेत वाइपास गरेर प्रधानमन्त्री ओलीले आफ्नै गृहजिल्ला झापाका खरेललाई निगमको कार्यकारी अध्यक्षको रुपमा नियुक्त गरेका थिए । खरेलले प्रतिवद्धताअनुसार, काम गर्न नसकेपछि असन्तुष्ट बनेका ओलीले मन्त्री भट्टराईलाई निगमका योग्य व्यक्ती खोज्न निर्देशन दिएको समेत मन्त्रालय स्रोतको भनाइ छ।

खरेल चार वर्ष अघि पनि निगमका प्रवन्ध निर्देशकको रुपमा कार्यरत थिए। दुई वटा एयरवस ३२०–२०० सिरिजको न्यारोवडी जहाज खरिद गरेका खरेलले व्यवस्थापन सम्हाल्न नसकेपछि राजिनामा दिएका थिए। त्यस लगत्तै सुतगरत्न कंसाकारलाई महाप्रवन्धकको रुपमा नियुक्ती गरिएको थियो। वाइडवडी जहाज खरिद प्रकरणमा कंसाकारको विषय जोडिएपछि खरेललाई नियुक्त गरिएको थियो।

प्रधानमन्त्री कार्यालयले खरेलको नियुक्तीसँगै निगममा अझै अराजकता भित्रिएको, नयाँ वाइडबडी जहाजलाई नयाँ तथा लामो दूरीमा उडान भर्न नसकेको, उल्टो खरेलले सञ्चारमाध्यममा वाइडबडी जहाज निगमलाई घाँडो बनेको अभिव्यक्ती दिदैं हिँडेको आरोप लगाएको छ। खरेलले जापान उडाउने भनेर पटक पटक प्रधानमन्त्रीलाई ढाँटेको, नारिता उडाउनुपर्नेमा ओशाका उडाउन पहल गरेको आरोप समेत खरेलमाथि लागेको छ।

त्यस्तै, खरेलले चिनियाँ जहाज सेनालाई दिने प्रस्ताव गरेको तथा आन्तरिक गन्तव्यमा उडानको कार्यतालिका अनुसार जहाजलाई उडाउन नसकेको, रणनीतिक साझेदार भित्र्याउने सरकारी पहललाई असहयोग गरेको, वाइडबडी जहाजले नाफा कमाएको भन्दै गलत तथ्यांक दिएको, सञ्चयकोष तथा नागरिक लगानी कोषलाई ऋणको किस्ता नतिरेको, मर्मत गरेर उडाउनु पर्ने वोइङ जहाज पनि लिलामी गरेर कौडीको भाऊमा बिक्री गर्न लागेको आरोप छ।

न्यारोवडी तथा वाइडवडी जहाजको मर्मतका लागि भएका टेन्डरमा समेत खरेलले निश्पक्षता नदेखाएको आरोप पनि लागेको छ। यो विषय संसदको सार्वजनिक लेखा समितिमा समेत पुगेको छ। विवादका कारण मर्मत सम्भारको कामनै निगमले अगाडी बढाउन सकेको छैन।

प्रतिक्रिया दिनुहोस
माओवादी आन्दोलन आवश्यक नै थिएन : प्रदीप ज्ञवाली

     नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादीको १० वर्षे आन्दोलनले देशलाई पछि

विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब पुग्यो

     मुलुकसँग विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ

मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम एक खर्ब ८४ अर्बले धेरै

  चालु आर्थिक वर्ष २०८१–८२ को तीन महिना (साउनदेखि असोज)सम्म  मुलकबाट बाहिरिनेभन्दा भित्रिने

दुर्गा प्रसाईं पक्राउ

  धानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ