सामाजिक सञ्जालमा किन सक्रिय छिन आमा हिमानी र छोरी पूर्णिका



हाम्रो इकोनोमि

 

गणतन्त्रका शासकप्रति जनविश्वास कम भइरहेका बेला पूर्वदरवारीया शक्ति सक्रिय बनेको छ । पूर्वराजपरिवारका सदस्यहरु सार्वजनिक कार्यक्रमदेखि सामाजिक सञ्जालमा निकै सक्रिय बन्न थालेका छन् ।

पछिल्लो समय पूर्वराजपरिवारका तीन सदस्य निकै सक्रिय छन् । पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज्ञी हिमानी शाह र पारसपुत्री पुर्णिका । राजनीतिक इस्यूमा कुनै पनि प्रतिक्रिया नजनाउने उनीहरु सामाजिक इस्यूमा भने बारम्वार प्रतिक्रिया दिइरहेका छन् ।

पूर्वराजाले धार्मिक भ्रमणका नाममा तराई क्षेत्रमा आफ्नो शक्ति आँकलन गरे । त्यसपछि राजसंस्था फर्किनेमा उनीहरु आशाबादी पनि भए । धार्मिक भ्रमणपछि पूर्वराजाले विदेशतिर मात्र यात्रा गरिरहेका छन् । एक महिनाका लागि उनी थाइल्याण्डको राजधानी बैंकक पुगेका छन् ।

 

यता पूर्वयुवराज्ञी हिमानी शाह र छोरी पूर्णिका सामाजिक सञ्जालमा निकै सक्रिय देखिएका छन् । आफ्ना मनका कुरादेखि सामाजिक बिषयबस्तुमा उनीहरुले भावना पोखिरहेका छन् । हिमानी शाहले बाढी पीडितदेखि पशुपतिमा जलिरहेका मुर्दासम्मको बयान सामाजिक सञ्जाल फेसबुकबाट गर्न थालेकी छिन् ।

 

‘जल्नेहरु शान्त छन्, जलाउनेहरु यहाँ रोइरहेका छन्’ केही हप्ता अघि उनले एउटा मार्मिक स्ट्याट्स सामाजिक सञ्जालमा राखेकी थिइन । त्यसपछि उनले प्रेमलाई पनि परिभाषित गरेकी छिन् । ‘हरेक सम्बन्धमा प्रेम, हरेक प्रेम सम्बन्धमा माया हुन्छ भन्ने छैन’ उनले प्रेमका बारेमा आफ्नो धारणा राखेकी छिन् । पछिल्लो समय पति पारस शाहको माया पाउन नसकेकी हिमानीले प्रेमलाई गहिरोरुपमा अर्थयाउन खोजेकी छिन् ।

हिमानीभन्दा छोरी पूर्णिका सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनी आमा र बाबुभन्दा हजुरबाका बारेमा धेरै स्ट्याटसहरु राख्ने गर्दछिन् । हिमानी र पूर्णिका फेसबुक, ट्वीटर र इन्स्ट्राग्राममा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...