सामाजिक सञ्जालमा किन सक्रिय छिन आमा हिमानी र छोरी पूर्णिका



हाम्रो इकोनोमि

 

गणतन्त्रका शासकप्रति जनविश्वास कम भइरहेका बेला पूर्वदरवारीया शक्ति सक्रिय बनेको छ । पूर्वराजपरिवारका सदस्यहरु सार्वजनिक कार्यक्रमदेखि सामाजिक सञ्जालमा निकै सक्रिय बन्न थालेका छन् ।

पछिल्लो समय पूर्वराजपरिवारका तीन सदस्य निकै सक्रिय छन् । पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज्ञी हिमानी शाह र पारसपुत्री पुर्णिका । राजनीतिक इस्यूमा कुनै पनि प्रतिक्रिया नजनाउने उनीहरु सामाजिक इस्यूमा भने बारम्वार प्रतिक्रिया दिइरहेका छन् ।

पूर्वराजाले धार्मिक भ्रमणका नाममा तराई क्षेत्रमा आफ्नो शक्ति आँकलन गरे । त्यसपछि राजसंस्था फर्किनेमा उनीहरु आशाबादी पनि भए । धार्मिक भ्रमणपछि पूर्वराजाले विदेशतिर मात्र यात्रा गरिरहेका छन् । एक महिनाका लागि उनी थाइल्याण्डको राजधानी बैंकक पुगेका छन् ।

 

यता पूर्वयुवराज्ञी हिमानी शाह र छोरी पूर्णिका सामाजिक सञ्जालमा निकै सक्रिय देखिएका छन् । आफ्ना मनका कुरादेखि सामाजिक बिषयबस्तुमा उनीहरुले भावना पोखिरहेका छन् । हिमानी शाहले बाढी पीडितदेखि पशुपतिमा जलिरहेका मुर्दासम्मको बयान सामाजिक सञ्जाल फेसबुकबाट गर्न थालेकी छिन् ।

 

‘जल्नेहरु शान्त छन्, जलाउनेहरु यहाँ रोइरहेका छन्’ केही हप्ता अघि उनले एउटा मार्मिक स्ट्याट्स सामाजिक सञ्जालमा राखेकी थिइन । त्यसपछि उनले प्रेमलाई पनि परिभाषित गरेकी छिन् । ‘हरेक सम्बन्धमा प्रेम, हरेक प्रेम सम्बन्धमा माया हुन्छ भन्ने छैन’ उनले प्रेमका बारेमा आफ्नो धारणा राखेकी छिन् । पछिल्लो समय पति पारस शाहको माया पाउन नसकेकी हिमानीले प्रेमलाई गहिरोरुपमा अर्थयाउन खोजेकी छिन् ।

हिमानीभन्दा छोरी पूर्णिका सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनी आमा र बाबुभन्दा हजुरबाका बारेमा धेरै स्ट्याटसहरु राख्ने गर्दछिन् । हिमानी र पूर्णिका फेसबुक, ट्वीटर र इन्स्ट्राग्राममा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस
कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...