हाम्रो छोरा ३ दिनदेखि वेपत्ता छन् सेयर गरेर खोजि कार्यमा सहयोग गरिदिनुहोस् : जेन्सन आमा–बाबु



हाम्रो इकोनोमि

 

काठमान्डौँको बुद्धनगरमा रहेको के.एम.सी स्कुलमा कक्षा ८ मा अध्ययनरत हाम्रा छोरा जेन्सल रावल ३ दिन देखि वेपत्ता भएका छन् । गत शनिबार साढे ८ बजे घरबाट निस्किएका छोरा जेन्सनले वेपत्ता हुनुअघि १८ वर्षका अभिषेक बस्याललाई भेटेको देखिएको छ । सोही आधारमा बस्याललाई प्रक्राउ गरी प्रहरीले अनुसनधान गरिरहेको छ । जेन्सन भक्तपुरको बालकोटमा बस्दै आएका थिए ।

 

काठमान्डौँ प्रहरी परिसर टेकु र अपराध अनुसन्धान व्यूरोले जेन्सनको खोजी गरिरहेको भए पनि पत्ता लाग्न नसकेको अभिभावकले बताएका छन् । अभिभावकले वेपत्ता हुनुअघि सँगै रहेका अभिषेकलाई घटनाबारे थाहा भएको बताएका छन् । तर बस्यालका परिवारले भने अभिषेकलाई छुटाउन दबाब दिइरहेको जेन्सनका अभिभावकले बताएका छन् ।

बानेश्वर प्रहरीका डीएसपी दुर्गाराज रेग्मिले भने प्रहरी बालकको खोजीका लागि गम्भीर भएर लागेको दाबी गर्नुभयो । जेन्सन र अभिषेकले भेटेको देखिए पनि त्यसपछिका प्रमाण नभेटिएको डीएसपी रेग्मिले बताउनुभयो । जेन्सनका परिवारले बालकको खोजीमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...