काठ मिलाइदिन्छु भन्दै घुस लिने अधिकृत समातिए



हाम्रो इकोनोमि

 

डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । डिसीलाई आयोगको कञ्चनपुर टोलीले घुस सहित नियन्त्रणमा लिएको हो ।

तीन लाख २६ हजार रूपैयाँ घुससहित समातिएका डिसी कैलाली, कञ्चनपुर, कपिलबस्तु र डोटीमा पटकपटक विवादमा आउने गरेका थिए । सब–डिभिजन कार्यालय बिपिनगर डोटीमा कार्यरत डिसीलाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिसीलाई डडेल्धुराको गन्यापधुरा गाउँपालिका भात्काँडाबाट नियन्त्रणमा लिइएको आयोगको कार्यालय महेन्द्रनगरका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिए ।

अख्तियारले डिसीले ठेकेदारहरूलाई काठ मिलाइदिन्छु भन्दै घुस लिएको दावी गरेको छ । डिसीले ती ठेकेदारबाट पाँच लाख ४५ हजार रूपैयाँ लिएको भएपनि तीन लाख २६ हजार रूपैयाँ मात्रै बरामद भएको अख्तियारको भनाइ छ । सो रकम पहिले बैंक खातामा हाल्न लगाइएको थियो । बैंकमा हालेको रकम डिसी आफैले झिकेको र केही रकम यताउता पारेर तीन लाख २६ हजार मात्रै साथमा राखेको बताइएको छ ।

डिसीलाई आइतबार राति नै महेन्द्रनगर लगिएको छ । सो घटनाबारे थप अनुसन्धान भइरहेको विष्टले बताए । सहायक वन अधिकृत डिसी जहाँ गएपनि लगातार विवादमा आइरहने कर्मचारीका रूपमा चिनिन्छन् । विगतमा भएका वन फडानीका मुद्दामा पनि उनको नाम निकै चर्चामा आउने गरेको थियो । डडेल्धुरामा रहँदा उनले तत्कालीन जिल्ला वन अधिकृत कृष्ण भट्टमाथि कुटपिट आरोप खेपेका थिए ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...