प्रचण्ड–नेपालबीच खुमलटारमा गोप्य भेटवार्ता



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ नेता माधवकुमार नेपालसँग गोप्य भेट गरेका छन् ।

दाहालले आइतबार ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा भेटवार्ता गरेका हुन् । नेता नेपाल खुमलटारमा अपरान्ह ३ बजे भित्रिएको दाबी स्रोतको छ ।

भेटवार्तामा पार्टीभित्रको आन्तरिक विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । सो भेटवार्ताका बारेमा आधिकारीक केही जानकारी दिइएको छैन ।

आफ्ना राजनीतिक भेटहरूलाई बाक्लै बनाएका दाहालले नेपालसँग एक हप्ताभित्र दुई पटक भेटेका हुन् ।

भेटवार्तामा प्रदेश २ अन्तर्गत जिल्लाहरूमा देखिएको कमिटी गठनको विवादका विषयमा परामर्श भएको जनाइएको छ ।

दाहाल र नेपालबीचको भेटवार्तामा प्रदेश २ का अध्यक्ष प्रभु साह र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको पनि सहभागिता रहेको छ ।

प्रधानमन्त्री केपी ओली उपचारका लागि देश बाहिर रहेका बेला नेकपाका दोस्रो तहका अध्यक्ष दाहालले वरिष्ठ नेता नेपालसँग परामर्श गरेका छन् ।

केही दिन अगाडि पनि दाहालले नेता नेपालका साथै झलनाथ खनाल, महासचिव विष्णु पौडेलसहितका नेताहरूसँग परामर्श गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...