अझै धनाड्यहरुले कागज गरेरै श्रीमती, छोरी–चेली भाडामा लिने र गरिबहरुले सुम्पिने गरेको खुलासा !



 

हामीले कार, बाइक र घर भाडामा लिएका छौं वा अरुले लिएको देखेका छौ । तर कहिल्लै पत्नी भाडामा लिनुभएको छ वा देख्नु भएको छ ? तपाई ठिक समाचार पढ्दै हुनुहुन्छ, यो वास्तवमा सत्य घटना हो जहाँ धनी घरका पुरुषहरु विवाहजस्तो पारिवारीक तनाबबाट बच्नको लागि युवतीलाई भाडामा लिने गर्दछन् ।

अहिलेको विश्वमा एका तिर महिला सशक्तीकरण र लैंगिक समानताको बहस गरिरहेका छौ तर हाम्रै वरपर महिला पशुजस्तै बेचिनु परेको सत्य अगाडी छ । मध्य प्रदेशको शिवपुरी क्षेत्रको गाउँमा वर्षौ देखि सम्पन्न पुरुषहरुले महिलालाई मासिक र वार्षिक रुपमा केही रकम दिएर भाडामा लैजाने गरेका छन् ।

यहाँ धनी व्यापारीहरुले अर्काको श्रीमती भाडामा लैजाने गर्छन । यहाँका गरिब परिवारका व्यक्तिहरुले आफ्नी श्रीमती ती व्यापारीलाई सुम्पिने गरेको खुल्न आएको छ । उनीहरुले एक कागजमा सम्झौता गरेर श्रीमती भाडामा दिने गर्दछन । यसरी निश्चित समय पुरा भएपछि ति महिला फेरि अर्को व्यापारीका लागि तयार हुनुपर्दछ यहाँ पनि प्रक्रिया उस्तै हुन्छ ।

 

मध्य प्रदेश एकमात्र यस्तो राज्य होइन जहाँ श्रीमती भाडामा लैजान पाइन्छ । सन २००६ मा गुजरातका एक व्यक्तिले आफ्नै पत्नीलाई मासिक ८ हजार (भारु) मा एक व्यापारीलाई भाडामा दिएका थिए । भारतका विभिन्न राज्यका दुर दराजमा आदिवासी समुदायका मानिसहरु जो आवश्यक्ता भन्दा धेरै गरिब छन् उनीहरु आफ्नी पत्नी, छोरीचेली भाडामा दिन बाध्य हुने गरेका छन् ।

 

यस्तो सम्झौता गराउने दलालहरुले व्यापारी (जसलाई महिला भाडामा चाहिन्छ) बाट लगभग ६५ हजार देखि ७० हजार मासिकसम्म लिने गर्दछन तर आदिवासिहरुले मात्रै १५ हजार देखि २० हजार मासिक पाउँने गरेका छन् । बीचको रकम दलालहरुले कमिसन खाने गरेको बताइन्छ । हामीले माथि प्रस्तुत गरेको रकम सबै भारतीय रुपैयाँ अनुसार हो ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग