भक्तपुरमा ४ वटा बस एक आफसमा ठोक्किँदा भयो दुर्घटना



हाम्रो इकोनोमि

 

आज भक्तपुरको मध्यपुरठिमी गठ्ठाघरको आकाशेपुलमुनि डरलाग्दो दुर्घटना भएको छ । यहाँ एउटा यात्रुवाहक बसले अन्य तीन वटा बसलाई ठक्कर दिँदा १६ जना घाइते भएका छन् ।

काठमाडौंबाट सिन्धुली जाँदै गरेको बा४ख ५७९४ नम्बरको बस अनियन्त्रित भएर सोही दिशातर्फका अन्य तीन वटा बसलाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार उक्त बसले आइतबार बिहान बा३ख ७०९३, बा५ख ४०२९ र ना६ख ७१२५ नम्बरको बसलाई ठक्कर दिएको हो ।

ठक्कर दिँदा तीन वटै बसका यात्रुहरू सामान्य घाइते भएका छन् । घाइतेमध्ये १३ जनाको नागरिक अस्पताल र तीन जनालाई मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने बसका चालक सिन्धुली गोलानचोर गाउँपालिका–६ का दीपकराज ठकुरीलाई ठिमी वृत्तले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...