भक्तपुरमा ४ वटा बस एक आफसमा ठोक्किँदा भयो दुर्घटना



हाम्रो इकोनोमि

 

आज भक्तपुरको मध्यपुरठिमी गठ्ठाघरको आकाशेपुलमुनि डरलाग्दो दुर्घटना भएको छ । यहाँ एउटा यात्रुवाहक बसले अन्य तीन वटा बसलाई ठक्कर दिँदा १६ जना घाइते भएका छन् ।

काठमाडौंबाट सिन्धुली जाँदै गरेको बा४ख ५७९४ नम्बरको बस अनियन्त्रित भएर सोही दिशातर्फका अन्य तीन वटा बसलाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार उक्त बसले आइतबार बिहान बा३ख ७०९३, बा५ख ४०२९ र ना६ख ७१२५ नम्बरको बसलाई ठक्कर दिएको हो ।

ठक्कर दिँदा तीन वटै बसका यात्रुहरू सामान्य घाइते भएका छन् । घाइतेमध्ये १३ जनाको नागरिक अस्पताल र तीन जनालाई मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने बसका चालक सिन्धुली गोलानचोर गाउँपालिका–६ का दीपकराज ठकुरीलाई ठिमी वृत्तले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वमाओवादी नेतालाई लोकप्रिय मत

    नेकपा एमालेको जारी मतगणनामा पूर्वमाओवादी नेताहरूले लोकप्रिय मत पाएका छन्। माओवादीबाट...

सचिवमा सबैभन्दा अघि महेश बस्नेत

    नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत भएको चुनावको मतगणना जारी छ । जारी...

एमाले ११ औँ महाधिवेशन निर्वाचनको मतगणना शुरु

    नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतदानपछि मतगणना शुरु हुँदैछ...

अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...