वर्षेनी पाँच हजारले ‘सिध्याउँछन्’ आफैले आफैलाई



हाम्रो इकोनोमि

 

नेपालमा आत्महत्या गर्नेहरुको तथ्याङ्क अत्यासलाग्दो छ । नेपालमा वर्षेनी पाँच हजारभन्दा धेरै व्यक्तिले आफैले आफैलाई सिध्याउने (आत्महत्या) गरेका छन् ।

प्रेममा आफूले भने जस्तो नहुनु, परीक्षामा आफूले भने जस्तो नहुनु, परिवारबाट बारम्बार तनाव दिनुलगायतका समस्याले वर्षेनी ठूलो संख्यामा मानिसले आत्महत्या गर्ने गरेको पाइएको छ ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५–७६ मा पाँच हजार १५५ जनाले आत्महत्या गरेका छन् । आत्महत्याका विभिन्न रूप भए पनि झुण्डिएर सबैभन्दा धेरै व्यक्तिले आत्महत्या गर्दछन् ।

आव २०७५–७६ मा झुण्डिएर तीन हजार ८६३, विष खाएर एक हजार १८२, हामफालेर ४७, पानीमा हाम फालेर २३, आगो लगाएर २२, हात हतियारबाट १३, करेन्ट लगाएर चार र विष्फोटक पदार्थ प्रयोग गरेर एक जनाले आत्महत्या गरेका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल घरायसी तनाव र प्रेम सम्बन्धमा बाधा पुग्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेको बताउँछन् । मानिसमा हुने तनावलाई कम नगरेसम्म आत्महत्यामा कमी नआउने उनको भनाइ छ ।

आव २०७४–७५ को तुलनामा आव २०७५–७६ मा आत्महत्या गर्नेको संख्यामा कमी आएको छ । आव २०७४–७५ मा पाँच हजार ३१७ ले आत्महत्या गरेका थिए । काठमाडौं उपत्यकामा आव २०७५–७६ मा ५३९ ले आत्महत्या गरेका छन् । उपत्यकामा आव २०७४–०७५ मा ५०६ ले विभिन्न कारणले आत्महत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...