गाईको पिसाब प्रति लिटर होलसेल २२०० रुपया ३२०० खुल्ला ।



हाम्रो इकोनोमि

 

 

सुन्दा तपाईलाई अचम्म अनि बिस्वास नलाग्न सक्छ । हो म पनि अचम्म अनि बिस्वास नै गरेको थिएन दिउसो को ३ बजेको थियो म दाङ जान भनेर बसपार्क आएर टिकट लिए टिकट ५:३० बजेको पाइयो टिकट लिएपछि केहि किन मेल गर्न पर्ने थियो । किन मेल गर्न जादा मा संग २ वटा झोला थियो बोकेर हिड्न अप्ठ्यारो लाग्यो अनि सोचे झोला कहा राख्ने त्यस पछी बसपार्क नजिकै एक जना चिनेको दाइको पुजा गेस्ट हाउस थियो तेही राख्न पर्यो भनि हिडे गेस्ट हाउसमा पुगेर झोला राख्न दिए खाजा खाको थिएन भोग लागिसकेको थियो तेसैले चिउरा मासु दिनु दाइ भने चिउरा मासु खादै थिए ।

एक जना ४५-४६ वर्ष कि महिला आइन र भनिन साउजी मेरो हिसाब गर्दिनु अलि मिलाएर गर्दिनुस भनिन म केहि सामान किनेर आउछु भन्दै गेस्ट हाउस बाट बाहिरिन उनि बोलेको बोलि सुन्दा मलाइ लाग्यो कि यी महिला रोल्पा,रुकुम तिरका मगर हुनुपर्छ भनेर रोल्पा रुकुम को माथिल्लो भेग तिर बस्ने मगरहरुको भाषा र बोल्ने सैलिको कारण चिन्न कुनै मुस्किल हुदैन र यतिकै मा मैले साउजी दाइलाई सोधिहाले दाइ यी दिदि कहा कि रहेछिन ?

साहुजी ले भने रुकुमका यतिकैमा मैले सोधे के गर्न आको रहेछन ? तेहित बोलि सुन्दा नै मैले संका त गरेको थिए अनि के काम ले आको रहेछन ? अनि साउजिले भने यी महिला ब्यापारी हुन् सधै म कहा नै बस्छन अनि मैले सोधे के ब्यापार गर्दिरहेछिन त दाइ उहाले भन्नु भयो गाईको पिसाब मैले फेरी सोधे गाईको पिसाब ? उहाले भन्नु भयो हो भाइ धेरै भयो उहाले गाईको पिसाबको ब्यापार गर्न थालेको अनि मैले सोधे कसले किन्दो रहेछ अनि कतिमा किन्दा रहेछन ।

अनि उहाले भन्नु भयो २२०० रुपया लिटर बेच्दा रहेछन यी महिलाले होलसेलमा र किन्ने मान्छे चै ठमेलको रहेछ उसले चै ३२०० रुपया लिटर बेच्ने गर्छ रे अनि मलाई बिस्वास नै लागेन र भने होइन होला दाइ पिसाब त ।

हो भनेको मेरो गेस्ट हाउसको रुम पिसाब नै पिसाब गनाउने भाको छ यो चोटी २ लाख ८० हजार को बेचेको रे १ हप्ता भयो आएको आज जादै छिन उनको कुरा नसकिदै मा टुप्लुक्कै आइपुगिन अनि भनिन मेरो हिसाब भयो अनि साहुजीले भने भयो १०५०० भएको छ ।

अनि महिलाले भनिन अलि मिलाउनु गानी हामि सधै आउने लाइ पनि कति महँगो लागाउछौ उनको बोलाइ जसरि घरमा बोल्ने गरिन्छ तेसरी नै बोलिरहेकी थिन अनि साहुजीले १००० छुट गरिदिए अनि यतिकै मा मैले सोधे दिदि घर कहाँ हो ? उनले भनिन रुकुम अनि मैले भने दि दि गाईको पिसाबको ब्यापार गर्नुहुने रहेछ अह मात्र भनिन ।

अनि सोधे कसले किन किन्दो रहेछ उनले भनिन बिदेशी हरुले पिउने गर्छन लगेर पनि जान्छन र विभिन्न रोगको औसधि पनि हुन्छ अनि मैले सोधे पिसाब मात्र होकी केहि मिलाइनु पर्छ उनले भनिन पिसाब मात्र हो अनि कहाँ बाट ल्याउनुहुन्छ त उनले भनिन गाउँ बाट नै लिन्छु अनि छोटकरीमा जफाब दिएर बोल्न मन नलगाए झैँ अझ भनौ मेरो प्रश्न र मलाई कुनै वास्ता नै नगरेर डराए झैँ र अलि हतार हतार गर्दै रुममा गइन

धेरै कुरा सोध्न मन थियो धेरै कुरा जान्न मन थियो तर म पनि दाङ जानु पर्ने भएकोले सम्पूर्ण जानकारी लिन सकेन अर्को चोटी यी महिला लाइ भेट गराई दिन अनुरोध गरे होटलका दाइ संग र म पनि हिडे मनमा कुरा खेलाउदै अर्को चोटी भेटेर सम्पूर्ण जानकारी लिने छु भन्दै ।

प्रतिक्रिया दिनुहोस
एमालेमा उपाध्यक्षलाई विभाग र सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोक्ने तयारी

    नेकपा एमालेको भोलि बस्ने सचिवालय बैठकले नेताहरुको कार्यविभाजन प्रस्ताव पारित गर्ने...

प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो : एमाले

  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले संसद्लाई छल्ने, अपमान गर्ने...

हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा आज पनि प्रधानमन्त्री बालेन शाहको...

प्रधानमन्त्री, मन्त्रीहरू सदनबाट भागे : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्प्रति सरकार जवाफदेही नभएको भन्दै...