एम्प्लिफाई प्लस ब्राण्डका टिभी नेपाली बजारमा, तीन वर्षको वारेन्टी



हाम्रो इकोनोमि

 

नेपालका लागि एम्प्लिफाई प्लस ब्राण्डको आधिकारिक वितरक ई.थ्री इलेक्ट्रोनिक्स प्रालिले नेपाली बजारमा एम्प्लिफाई प्लस ब्राण्डका एलइडी टेलिभिजनहरू ल्याएको छ ।  भारतीय डिकेएम ग्रुप कम्पनी अन्तर्गतको एम्प्लिफाई इलेक्ट्रोनिक्स प्रालिद्वारा उत्पादित अन्तर्राष्ट्रिय स्तरको एम्प्लिफाई प्लस ब्राण्डका टिभीहरू एचडी एलइडी टिभी सिरिज, एचडी स्मार्ट एलइडी टिभी सिरिज, फुल एचडी एलइडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलइडी टिभी सिरिज नेपाली ग्राहकहरूका लागि कम्पनीले उपलब्ध गराएको छ ।

 

एचडी एलइडी टिभी सिरिजमा न्यूनतम २४ इन्च, ३२ इन्च र ४० इन्चका एचडी एलइडी टिभी बजारमा उपलब्ध हुनेछन् । त्यसैगरी यी सिरिजमा इनबिल्ट गेम्स, पावर अडियो भोल्यूम, वायरलेस हेडफोन कन्ट्रोल, वाईफाई र एचडीएमआई लगायतका अत्याधुनिक फिचर छन् ।
कम्पनीले एचडी स्मार्ट एलईडी टिभी सिरिजमा ३२ इन्च र ४० इन्चका टिभीहरू बजारमा ल्याएको छ । यी सिरिजका टिभीमा पावर अडियो भोल्यूम, वायरलेस हेडफोन कन्ट्रोल, स्क्रिन क्याप्चर, वाईफाई, एचडिएमआई लगायतका फिचर उपलब्ध छन् ।

 

एम्प्लिफाई प्लस ब्राण्डमा उच्चतहका टिभीहरूका रूपमा फूल एचडी एलईडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभी पनि उपलब्ध भएको छ । जसमध्ये फूल एचडी एलईडी टिभी ५० इन्चमा उपलब्ध हुनेछ । यसमा पावर अडियो भोल्यूम, वायरलेस हेडफोन कन्ट्रोल, स्क्रीन क्याप्चर, वाईफाई, एचडीएमआई लगायतका फिचर छन् ।

 

त्यसैगरि फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभी ५५ ईन्चमा नेपाली बजारमा उपलब्ध भएको छ । यो टिभीमा पनि पावर अडियो भोल्यूम,वायरलेस हेडफोन कन्ट्रोल, स्क्रीन क्याप्चर, वाईफाई, एचडीएमआई लगायतको फीचरहरु छन् । एन्ड्रोयडमा आधारित एचडी स्मार्ट एलइडी टिभी, फूल एचडी एलइडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभीका चार मोडलहरुमा १ जीबीको र्याम र ८ जीबीको आन्तरिक स्टोरेज रहेको छ ।

 

एचडी स्मार्ट एलईडी टिभी एन्ड्रोयड ५.१ अपरेटिंग सिस्टममा संचालन हुन्छ भने फूल एचडी एलईडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभी एन्ड्रोयड ७.० अपरेटिंग सिस्टममा संचालन हुन्छन् । एम्प्लिफाई प्लस ब्राण्डका सम्पूर्ण टिभीहरुमा ३ वर्षका वारेन्टी प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...