प्रधानमन्त्रीको स्वास्थ्य रिपोर्ट सन्तोषजनक, सिंगापुर बसाइ एक दिन लम्बियो



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाइ एक दिन लम्बिएको छ । स्वास्थ्य परीक्षण सम्बन्धी सबै रिपोर्टहरु आउन समय लागेपछि प्रधानमन्त्रीको सिंगापुर बसाइ लम्बिएको हो । उनी सोमबार अपराह्न थाइ एयरलाइन्सबाट काठमाडौं फर्किने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सिंगापुरमा गरिएको स्वास्थ्य परीक्षणका रिपोर्टहरु भने सन्तोषजनक रहेको बताइएको छ । सिंगापुरमा रहेका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार प्रधानमन्त्री अस्पतालमा भर्ना भएर बसेनन् । अपार्टमेन्टमा बसेका प्रधानमन्त्री चिकित्सकको परामर्शका लागि नियमित अस्पताल गएका छन् ।

१३ वर्षअघि दुवै मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओली यसअघि पनि सिंगापुरमा नियमित स्वास्थ्य जाँचका लागि जाने गरेका थिए । कतिपयले ओलीको मिर्गौला पुनः प्रत्यारोपण गरिएको भनेर चलाएको हल्लालाई रिमालले केटाकेटी कुराको संज्ञा दिए ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...