सबैले जान्नुपर्ने कुरा, कोख भित्रका शिशुले यी ५ काम गर्छन्



हाम्रो इकोनोमि

 

९ महिनापछि आकर्षक रुपमा जन्मिनुअघि आमाको कोखमा रहेको बच्चा कुन अवस्थमा कसरी बसेको हुन्छ भन्ने विषयमा सबैलाई खुलदुली हुन सक्छ।

कोखमा रहेको शिशु केबल त्यहाँ बस्ने र समयक्रम अनुसार बृद्धि भएको हुन्छ। तर यतिमै सिमित हुदैन उनीहरुको ९ महिने चक्र। पेटभित्रको भ्रुण आफैमा एउटा रहस्य हो जसलाई चिकित्सकले खासै खुलासा गर्दैनन्।

रुन्छन्ः आमाको कोखभित्र रहेको बच्चा रुन्छन भन्दा तपाईलाई साहै दुःख लाग्छ होला। तर सत्य यो हो की उनीहरु बारम्बार सुस्तरी रुन्छन्। तर अन्य जन्मिसकेको बालबालिका जस्तो चिच्चाएर भने होइन।

गर्भवती महिलाको तेस्रो त्रैमासिकमा लिइएको डिजिटल अल्ट्रासाउन्डमा कोखभित्रको बच्चाले मुख खोलेको, आँशु चुहाएको, ओठ कमाएको र बिस्तारै मुठी पारेर रोएको संकेत देखिन्छ। तापनी भावनात्मक रुपमा उथलपुथल भन्दा पनि शिशुको नियमित विकासको पक्रियालाई लिइन्छ।

उनीहरुले स्मरण गर्छनः युनिर्भसिटी अफ हेल्सिन्कीको एक अध्ययन अनुसार कोखभित्र कुनै विशेष गीत वा लयमा आफ्नो दिमाग चलाउने बच्चा जन्मेपछि पनि चलाख र बढी स्मरण शक्ति भएका हुन्छन्।

स्वाद थाहा पाउछन्ः पेडियाट्रिकमा प्रकाशित एक अध्ययन अनुसार तेस्रो त्रैमासिक अवधिमा प्रर्याप्त गाजर खाने आमाहरुको शिशु जन्मेपछि सागपात खान बढी रुचाउछन्।

अवश्य पनि शिशुले कोखमा बसेर खाना खादैन तर गर्भवती आमाले खाएको खानेकुराको तरल पर्दाथबाट उनीहरु बाँचेका हुन्छन्। र, यसको स्वाद पनि उनीहरुले थाहा पाउछन्। विशेष गरी झोलिलो र फलफुलको स्वाद शिशुले थाहा पाउछन्।

उनीहरुले सुन्छन्ः कोखमा रहेका शिशु सुन्ने पनि गर्छन्। त्यही भएर गर्भवती महिलाले राम्रो श्लोक बाचन गराउने परम्परा छ। युनिर्भसिटी अफ फलोरिडाको एक अध्ययन अनुसार आमाहरुले विशेष प्रकारको लय बाचन गर्दा भ्रुणको मुटुको गति घट्छ। अन्य मानिसहरुले चर्को आवाजमा गीत गाउदा वा श्लोक बाचन गर्दा पनि शिशुहरुले सुन्न सक्ने बताइन्छ।

तनाबप्रति प्रतिकृया जनाउछनः गर्भवती महिलालाई तनाब भयो भने कोखको भ्रुणलाई पनि तनाब हुने गर्छ। त्यही भएर गर्भाअवस्थमा आमाहरुलाई शान्त र आनन्द हुन अनुरोध गरिन्छ।

ल्यानकास्टर र डुरहाम विश्वविद्यायलले गरेका दुई भिन्दा भिन्दै अध्ययनमा गर्भवती आमाले नकरात्मक प्रतिकृया र आवेगमा आउछ शिशुहरु पनि उत्तेजित हुने र आफ्नो अनुहार देब्रो हातले ढाक्ने गर्छन।

तसर्थ नयाँ जीवनलाई खुसी र आनन्दित बनाउन आनन्दसँग स्वास लिनुहोस र सदैब खुसी बन्नुहोस।

उनीहरुले अभिव्यक्त पनि गर्छनः डुरहाम र ल्यानकास्टर विश्वविद्यालयलेगरेका अध्ययनअनुसार २४ साता भएका शिशुले ङिच्च हास्ने र ३६ सातामा आँखीभौ उचाल्ने गर्छन्।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...