ग्राण्डी अस्पतालको लापरबाहीले चकनाचुर पारिदियो सपना



हाम्रो इकोनोमि

 

 

कति सपना देख्नुभएको थियो दोर्जे लामा र निशाले आफ्नो दोस्रो सन्तानका बारेमा १ तर यो सपना सबै चकनाचुर पारिदियो ग्राण्डी इन्टरनेशनल अस्पतालले । पहिलो बच्चा १० बर्ष भैसकेकाले दोस्रो बच्चाको योजना बुनेको दोर्जे दम्पत्तिले ग्राण्डीका डा। पवनराज पन्तसँग झण्डै डेढ बर्षदेखि सल्लाह लिँदै आएको थियो ।

डा। पन्तकै सल्लाहमा दोस्रो बच्चा जन्माउने योजना बनाउनुभएका उहाँहरू गर्भमा जुम्ल्याहा बच्चा बसेको खबरले थप गद्गद् हुनुभएको थियो ।

व्यवसायमा निकै व्यस्त दोर्जे जुम्ल्याहा जन्मिने खुशीले श्रीमती सुत्केरी हुने २ महिनाअघिदेखि अस्पतालकै सल्लाहबमोजिम श्रीमती र पहिलो सन्तानको रेखदेखमा तल्लीन हुँदैआउनुभएको थियो । तर त्यस्तो खुशी छाएको ९ महिना पनि नबित्दै कहिल्यै नमेटी पीडा आइलाग्यो । १८ दिनको एउटा नवजात शिशु काखमा समेत लिन पाउनुभएन उहाँहरूले ।

यो पीडा स्त्रीरोग विशेषज्ञ पन्तले भन्दा पनि ग्राण्डीको एनआइसियू विभागमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीको हदै सम्मको लापरवाही र व्यवस्थापन पक्षको कमाउधन्दाले दिएको थियो । यस्तै ठम्याई छ मृतक नवजात शिशुका पिता दोर्जेको ।

दोर्जे भावुक हुँदै भन्नुहुन्छ–जुम्ल्याहामध्येको ठूलो बच्चा त्यस्तो लापरवाहीले गुमाउनुप¥यो भने त्यही ग्राण्डीमाा राखेको भए सानो बच्चा पनि देख्न नपाउने रहेछौँ, श्रीमती निशा त पटक पटक मूर्छा पर्छिन् । सानो बच्चा जोगाउन तिम्रो खाँचो छ भन्दै सम्झाएर होसमा ल्याउनुपरेको छ उनलाई ।

यो समाचार आजको नेपाल समाचारमा छ ।

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...