झट्ट सुन्दा पत्याउनै गार्रो यस्तो परिवार जसको एकै परिवारका ६ दिदिबहिनी सबै नेपाल प्रहरीमा
एउटै परिवारका ६ जना दिदि बहिनी नेपाल प्रहरीमा जागिरे छन भन्दा धेरैलाई विश्वाल नलाग्न सक्छ । एउटै परिवारमा ६ जना छोरी हुन्छन् र भन्ने पनि धेरै होलान् तर सबैलाई अचम्म लागे पनि एउटै परिवारका ६ जना नेपाल प्रहरीमा भएको भने पक्का हो ।
नेपाल प्रहरीमा तलाखु ९ नुवाकोटका एकै परिवारका ६ जना दिदिबहिनी छन । इलाका प्रहरी कार्यलय इटहरीमा गंगा अधिकारी गौली असइ छिन । जमुना अधिकारी कार्की, बेली अधिकारी बस्नेत, तारा अधिकारी बाँस्तोला हवल्दार छन । भने दुर्गा अधिकारी ढकाल, विष्णुदेवी अधिकारी ९जवान० । हाल जमुना र विष्णु प्रहरीबाट अवकास लिएको अधिकारी परीवारले जनाएको छ ।
सिभिल अस्पतालको टिकट अब अनलाइनबाटै, चिकित्सक पनि रोजेरै
काठमाडौं– निजामती कर्मचारी (सिभिल) अस्पतालमा उपचारका लागि टिकट लिन बिरामीले अब लाइन लाग्नुपर्ने झन्झट व्यहाेर्नु नपर्ने भएको छ । अस्पतालले बिरामीहरुका लागि घरबाटै अनलाइनमार्फत जनरल ओपीडी र पेइङ्ग क्लिनिकको टिकट काट्न मिल्ने व्यवस्था गरेको हो ।अस्पतालले अनलाइन टिकटका लागि ‘प्रभु पे’ एप तथा अस्पताल परिसरमा रहेको केआइओएसके मेसिन मार्फत टिकट खरिद गर्न सकिने व्यवस्था गरेको छ।
बिरामीले उपचारका लागि जनरल ओपीडीको टिकट लिन उपचार गर्न जानुभन्दा अघिल्लो दिन बिहान ७ बजेदेखि २४ घण्टा भित्रमा टिकट काट्न सकिने अस्पतालले जनाएको छ । यस्तै पेइङ्ग सेवाका लागि स्वास्थ्य परीक्षण गराउने अघिल्लो दिन बिहान १० बजेदेखि भोलिपल्ट बिहान १० बजेसम्ममा टिकट खरिद गर्न सक्नेछन् ।अनलाइनमाफर्त टिकट लिएका बिरामीले सिधै ओपिडीमा गइ स्वास्थ्य जाँच गराउन सक्नेछन् । अस्पतालले अनलाईन मार्फत टिकट काटेका बिरामीको स्वास्थ्य जाँचमा पहिलो प्राथमिकता दिने जनाएको छ ।
कसरी खरिद गर्ने अनलाईन टिकट ?
सिभिल अस्पतालले अनलाइन टिकट खरिद गर्ने तरिका १६ बुँदामा तयार पारेको छ । जसमा बिरामीले टिकट खरिदका लागि मोबाइलमा राख्नुपर्ने एप र बिरामीले लिने सेवा, आफूलाई लागेको रोग तथा परीक्षण गर्न चाहेको विभागको विषयमा उल्लेख गरेको छ ।
बिरामीका लागि सो अनलाइन सेवामा आफूले स्वास्थ्यचाँज गर्न चाहेको चिकित्सक समेत रोज्न पाउने व्यवस्था गरिएको छ । अनलाइनफार्मत टिकटको फर्म भरेपछि स्वास्थ्य जाँच गर्ने मिति र समय एपमार्फत बिरामीले घरमै बसेर पाउने छन् ।



