गोरेको गृह जिल्लामा फेरि करोडौंको अर्को “सुन काण्ड”



हाम्रो इकोनोमि

 

मोरङक उर्लाबारी घर भइ काठमाडौं–७, गौरीघाट बस्दै आएका चुडामणि उप्रेती (गोरे)को सुन काण्ड सेलाउन नपाउँदै मोरङकै बेलाबारीका एक सुन व्यापारी स्थानीयको करोडौं मूल्यको सुन ठगेर वेपत्ता भएका छन् ।

लामो समयदेखि बेलबारीमा सुनको कारोबार गर्दै आएका व्यापारी एकाएक गायव भएपछि अहिले स्थानीय सुनधनीहरुको रुवाबासी मच्चिएको छ । बेलबारी–१ सिनेमा हल लाइनमा ऊँ कृष्ण सुनचाँदी पसल चलाउँदै आएका घनश्याम श्रेष्ठ सर्बसाधारणको १५ करोड बढी रकम बराबरको सुन ठगी गरी बेपत्ता भएका हुन् ।

ठगीमा पर्नेमा बेलबारीका प्रतिष्ठित ब्यक्तिदेखि सर्बसाधारणसम्म छन् । ब्याजको प्रलोभनमा परी श्रेष्ठलाई पैसा दिएका दुई सय बढी सर्बसाधारण ठगीमा परेको स्थानीय बताउँछन् । ठगीमा पर्नेको संख्या दैनिक थपिंदै गइरहेको छ ।

श्रेष्ठकोमा पैसा राख्दा आकर्षक ब्याज पाइने प्रलोभनमा आफूहरुले रुपैंयाँ राखेको पीडितहरु बताउँछन् । केही महिनायता श्रेष्ठ सम्पर्कबिहीन भएपछि सर्बसाधारणहरुले आफूहरु ठगीमा परेको थाहा पाएका थिए ।

श्रेष्ठलाई सम्पर्कमा ल्याई आफ्नो पैसा फिर्ता गर्न माग गर्दै केही ब्यबसायीहरुले प्रस्तावित उद्योग बाणिज्य संघ बेलबारीमा केही महिनाअघि निबेदन समेत दिएका थिए । त्यसपछि श्रेष्ठलाई सम्पर्क गरी छलफलमा बोलाइएको भए पनि पटक–पटक आउँछु भन्ने तर नआउने गरेको र पछिल्लो समय उनी बेपत्ता भएको संघका उपाध्यक्ष केदार अधिकारीले बताएका छन् ।

केही दिनअघि दुई सय बढी स्थानीयले बेलबारी नगरपालिकामा पुगी उपमेयर ढाकाकुमारी पराजुली समक्ष निबेदन समेत दिएका थिए । लेनदेन कारोबारको मुद्धा नगरपालिकाले हेर्न नमिल्ने भएपछि उनी निबेदन दर्ता नगरेको तर, स्थानीय समस्या भएका कारण श्रेष्ठलाई सम्पर्क गर्ने कोशिस गरिए पनि उनी सम्पर्कमा नआएको र जिल्ला प्रशासन कार्यलय जान् आफुले सुझाएको पराजुलीले बताएकी छिन । श्रेष्ठबाट ठगिएका २ सय जनाभन्दा बढीको नाम र ठगिएको रकम सहितको बिवरण प्राप्त भएको छ । बिवरणमा २० लाख सम्म ठगिएको उल्लेख छ ।

कतिपय पीडितहरुले आफनो नाम र रकम सार्बजनिक नगरी दिन अनुरोध गरेपछि हामीले नाम र ठगिएको रकम सार्बजनिक गरेका छैनौं । श्रेष्ठले एनएमबी बैंकलगायतका बैंकबाट समेत करोडौं रुपैयाँ लिएर नतिरेको पाइएको छ । ठगिएका केही ब्यक्तिहरुलाई म्यासेन्जरमा फोन गरी श्रेष्ठले आफूले रकम लिएको कुरा पत्रकार र अरुलाई नभन्नु भनेमा पैसा डुब्ने भन्दै भन्ने गरेको पीडितहरु बताउँछन ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...