चालक निदाउँदा त्रिशुलीमा बस खस्यो, मृतकको संख्या ४, अझै २५ बेपत्ता



हाम्रो इकोनोमि

 

सर्लाहीको मलङ्गवा राजधानी काठमाडौं आउँदै गरेको बस त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या चार पुगेको छ । मलंगवाबाट आएको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान ३ बजे त्रिशूली नदीमा खसेको थियो ।

दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्न सक्ने आँकलन गरिएको छ । घाइते १६ जनाको सामान्य उपचारपछि काठमाडौं पठाइएको छ भने २५ यात्रृ अझै हराइरहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले हराएका यात्रृहरुको खोजिकार्य जारी रहेको बताए । कति जना बेपत्ता छन् एकिन छैन तर २५ भन्दबढी यात्रृ हराएको अनुमान गरिएको छ । मलंगवाबाट आएका यात्रृहरुको संख्या थाहा भएपनि बीच बाटोबाट चढेका यात्रृको संख्या एकिन हुन सकने हामी बुझ्दैछौँ’ प्रहरी उपरीक्षक बैदवारले भने ।

दुर्घटना चालक निदाएका कारण भएको आशंका प्रहरीले गरेको छ । विहान ३ बजेको समयमा दुर्घटना भएकाले चालक निदाएर भएको आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...