अब यति सस्तो मूल्यमा आउँदैछ बुलेट बाईक



हाम्रो इकोनोमि

 

बेलायती मोटरसाइकल उत्पादक कम्पनी रोयल इन्फिल्डको उत्पादन दोस्रो विश्वयुद्धसँगै चर्चामा आएको हो ।

बेलायती सेनाले दोस्रो विश्वयुद्धमा प्रयोग गरेका यी बाइक नेपाली बजारमा पनि निकै चर्चामा रहेको छ ।

भारतीय बजारमा उत्पादन हुँदै आएको रोयल इन्फिल्डका बाइक नै नेपाली बजारमा बिक्री वितरण हुँदै आएको हो ।

चालु आर्थिक वर्षको पहिलो क्वाटरमा भारतमा १९ प्रतिशतले बिक्री गुमाएको कम्पनीले अब भने सस्तो मूल्यका मोटरसाइकल उत्पादन गर्ने घोषणा गरेको छ ।

कम्पनीको साधारण सभामा बोल्दै नवनियुक्त सीइओ विनोद देसारीले भने ‘हामी नयाँ मोडलका मोटरसाइकल बजारमा ल्याउने तयारीमा छौँ, आगामी महिना हाम्रा ग्राहकलाई सरप्राइजिङ्ग प्याकेज दिने तयारीमा छौँ ।’

देसारीको भनाईलाई आधार बनाउँदै भारतीय मिडियाले कम्पनीले नयाँ सस्तो मोटरसाइकल चाँडै आउने अनुमान गरेका छन् ।

अहिले रोयल इन्फिल्डको सबैभन्दा सस्तो मोडल बुलेट क्लासिक रहेको छ । अब कम्पनीले त्योभन्दा सस्तो मोडल बजारमा ल्याउन खोजेको हो । मिडिया रिपोर्टका अनुसार अहिले बिक्री भइरहेको बुलेटको तुलनमा नयाँ बाइक करिब २५ हजार भारतीय रुपैयाँ सस्तो हुने अनुमान गरिएको छ ।

नयाँ बाइक पनि बुलेटकै प्याटर्फममा निर्माण भइरहेको अनुमान गरिएको छ । नयाँ बाइकमा पनि बुलेट कै जस्तो फिउल ट्याङ्क दिइने छ भने इन्जिनमा कालो कलरको प्रयोग गरिने अनुमान गरिएको छ । उक्त बाइकमा अधिकांश क्रोमहरु बुलेट कै जस्तो प्रयोग हुनेछ ।

नयाँ बाइक अहिलेको भन्दा केही फरक कलर अप्सनमा पाउन सकिने कम्पनीले जनाएको छ । नयाँ मूल्य अनुसार उक्त बाइकले बजारमा पल्सर एनएस २००, टीभीएस अपाची आरटीआर २०० ४ भीसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...