पेट्रोल, डिजल र मट्टीतेलको मुल्य फेरी बढ्यो, अब कति पुग्यो



हाम्रो इकोनोमि

 

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढाएको छ।पेट्रोलमा एक रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य भने लिटरमा एक रुपैयाँ र ५० पैसा बढाएको छ।

अब उपभोक्तालाई काठमाडौंमा पेट्रोल एक सय नौ रुपैयाँ र डिजल तथा मट्टीतेल भने ९७ रुपैयाँ पर्नेछ। निगमले हवाई इन्धनको मूल्य भने यथावत राखेको छ।

खाना पकाउने एलपी ग्यासको मूल्यमा भने सिलिन्डरमा २५ रुपैयाँ मूल्य घटाएको छ । निगमले मंगलबार रातिदेखि लागू हुने गरी ग्यासको मूल्य घटाएको हो। अब उपभोक्ताले ग्यास १३ सय ७५ रुपैयाँमा पाउनेछन्।

यसअघि ग्यासको मूल्य १४ सय रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...