भारतीय पूर्वविदेशमन्त्री स्वराजले ब्रदर भन्थिन् : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

भारतीय जनता पार्टीकी नेत्री तथा पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधनले स्तब्ध भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । बुधबार बिहान ट्विट गर्दै प्रधानमन्त्री ओलीले भारत सरकार, जनता र परिवारका सदस्यलाई हार्दिक समवेदना र गहिरो सहानुभूति प्रकट गरेका छन् । सुष्माले आफूलाई ‘ब्रदर’ भन्ने गरेको प्रधानमन्त्रीले स्मरण गरेका छन् ।

यसैगरी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि ट्विट मार्फत प्रतिबद्धता, दृष्टिकोण र आध्यात्मिकता भएको नेताको निधनप्रति भारत सरकार, जनता र परिवारका सदस्यप्रति समवेदना व्यक्त गरेका छन् ।

रोगका कारण आराम गरीरहेकी स्वराजको हृदयघातका कारण मंगलबार राती निधन भएको थियो । स्वराजलाई प्रधानमन्त्री नरेन्द्र मोदीको अघिल्लो कार्यकालको सफल विदेशमन्त्रीका रूपमा व्याख्या गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...