मेरो शरीर बुलेट छ भन्छन् वसन्ती राई



 

यही क्षेत्र किन रोजियो ?

सानैदेखिको रुचि पनि हो । फेरि, अमेरिकामा नेपाली कलाकार एकदमै कम छन् । त्यही कारण पनि म यस क्षेत्रमा आए“ । अब यसै क्षेत्रमा स्थापित भएर नाम कमाउन चाहन्छु ।

कस्तो मान्छे बन्ने चाहना छ ?

म वसन्ती फाउन्डेसन खोलेर समाजसेवा गर्न चाहन्छु । मैले गरिब, दिनुदुःखीको सेवामा आफूलाई समाहित गर्ने योजना बनाएकी छु । मलाई नेपालको सडकका भुस्याहा कुकुर देख्दा साह्रै माया लाग्छ । त्यसैले मेरो इच्छा त्यस्ता कुकुरलाई औषधि र तिनीहरूको व्यवस्थापन गर्ने रहेको छ । म यो काम पूरा गरेरै छाड्नेछु ।

ग्लामर क्षेत्रप्रति अरूको दृष्टिकोण कस्तो पाउनुभएको छ ?

यो क्षेत्रलाई रामै्र नजरले हेर्ने गरेको पाएकी छु । मेरो परिवारमा कोही पनि कलाकारितामा छैनन् । म यो क्षेत्रमा लागेकोमा मेरो परिवारलाई गर्व छ । उहा“हरूकै सहयोगले यहाँसम्म आउन सफल भएकी हुँ ।

तपाईंको मुख्य रुचि केमा छ ?

मेरो मुख्य रुचि गायन नै हो । यसबाहेक नेपालका मुस्ताङ, पोखराजस्ता रमणीय ठाउँ घुम्ने चाहना छ । समग्रमा मलाई सम्पूर्ण नेपाल घुम्न मन लागेको छ ।

युवायुवतीको प्रेम देख्दा कस्तो अनुभव हुन्छ ?

प्रेम गम्भीर विषय हो । बुझेर गरे राम्रो, नबुझी गरे यसबाट ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्छ । यो विषयमा मेरो जीवनमा पनि आएको छ । अहिले सामाजिक सञ्जालबाटै प्रेमपछि विवाह गर्ने चलन छ । यसले धेरै विकृति ल्याएको छ ।

सेक्सको अनुभूति कसरी गर्न सकिएला ?

सेक्स प्राकृतिक विषय हो । यसलाई सही तरिकाले प्रयोग गर्नुपर्छ । यसलाई सहमतिमा गरिनु अति आवश्यक छ । सेक्स मन मिले साधारण, नमिले जटिल हो । बाहिरी समाजमा समस्या ननिम्तिने गरी यसको
प्रयोग गर्नुपर्छ ।

तपाईंलाई आफ्नो शरीरको कुन भाग मनपर्छ ?

सबै । प्रशंसकले ‘तपाईको शरीर बुलेट छ’ भन्छन् । मलाई पनि त्यस्तै लाग्छ । म बुलेट छु ।

‘प्रपोज’ गर्ने कति आए ?

हजार जति पुगिसके होलान् । प्रपोज गर्नेले फेसबुकमा म्यासेज पठाउने, हजुरसँग विवाह गर्न मन छ, मलाई तपाई साह्रै राम्री लाग्छ, भन्छन् । कसैकसैले राम्रो बोल्ने, स्पष्ट वक्ता हुनुहुँदोरहेछ भन्ने पनि गर्दछन् । उनीहरूले औपचारिक रूपमै प्रेम प्रस्ताव राख्ने गर्छन् । धेरैले ‘गर्ल फ्रेन्ड’ बनाउन चाहन्छु, भन्छन् ।

त्यस्तो प्रपोजलाई कस्तो जवाफ हुन्छ ?

मलाई अहिले इच्छा छैन । भविष्यमा सोचौंला भन्ने गर्छु ।

ब्वाइफ्रेन्ड परिवर्तन गर्नेलाई के भन्ने ?

परिवर्तन गर्नु उसको इच्छा हो । कसैको इच्छाविपरीत हामीले बोल्न मिल्दैन । कसैले भोग्ने हिसाबले प्रेमको नाटक गर्ने गर्छन् भने कसैले गरी हेरौं भनेर पनि गर्छन् । यसो गर्नु राम्रो होइन ।

राम्रा केटा देख्दा कस्तो अनुभूति हुन्छ ?

आहा † कस्तो राम्रो मान्छे जस्तो लाग्छ ।

व्यायाम नि ?

 

कसरतमा, डान्स र पौडी खेल्छु । खाना र कसरत गरेर शरीर ब्यालेन्स राख्ने गर्छु ।

यो क्षेत्रमा आउन केले प्रेरित ग¥यो ?

मेरो सानैदेखिको चाहना डान्स हो । त्यसले पनि यस क्षेत्रमा आउन सहयोग पु¥यायो ।

आफ्नो स्वभाव कस्तो छ जस्तो लाग्छ ?

हँसिलो, सहयोगी र भावनामा छिटो डुब्ने । ‘फ्रयांक’ छु ।

यो क्षेत्रमा लागेर पैसा कतिको कमाइ हुन्छ ?

त्यति धेरै छैन । लगानीअनुसार बराबरी नै छ तर पनि म
सन्तुष्ट छु ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग