“म घरमा बर्थ डे मनाईरहँदा भाइ हस्पिटलमा बिते” – नम्रता



 

यही भदौ ६ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जाइरा’की नायिका नम्रता श्रेष्ठको आज जन्मदिन परेको छ । आजको दिनसम्म आइपुग्दा उनले ३२ वटा बसन्त पार गरिसकेकी छिन, अर्थात उनि ३३ बर्षमा प्रवेश गरिन् । उनको जन्मदिन मनाउन चलचित्र जाइराको टिमले भव्य पार्टीको आयोजना गरेको थियो । यहि बिशेष अवसर पारेर चलचित्रका २ वटा पोष्टरहरु पनि सार्वजनिक गरिएको थियो । नायिका श्रेष्ठ लिड रोलमा रहेको यस चलचित्रमा उनि निर्माताको रुपमा पनि डेब्यु गर्दै छिन् । प्रस्तुत छ, जन्मदिन र चलचित्र जाइरा को सन्दर्भमा रहेर नायिका नम्रता श्रेष्ठसंग गरिएको यो कुराकानी ।

सर्वप्रथम त तपाइलाई जन्मदिनको धेरै धेरै शुभकामना, जन्मदिन कस्तो भईरहेको छ ?

धन्यबाद, रमाइलो भईरहेको छ तर रमाइलो सँगसँंगै खुशी पनि लागिरहेको छ । किनकी यसरी मिडियाहरुसँग बसेर बर्थडे सेलिब्रेट गरेको यो मेरो पहिलो पटक हो । जती मिडियाहरुलाई हामीले इन्भाइट गरेका थियौँ उहाहरु सबैजना आईदिनु भएको छ, सपोर्ट गरिदिनु भएको छ, त्यसैले धेरै खुशी छु ।

पहिलो शुभकामना कसको थियो ?

जन्मदिनको शुभकामना त हिजो अस्तिदेखि नै आउन शुरु भईसकेको थियो तर, आज चाँही अनुपले सबैभन्दा पहिला ‘विस’ गरेको थियो । टिमका अरु मेम्बरहरुमा कसैले १२ बजे भन्दा अगाडि कसैले १२ बजे भन्दापछाडि म्यासेजबाट ‘विस’ गर्नुभएको थियो तर, उसले चाँही रातको ‘जिरो टाइम’मा ‘विस’ गरेको थियो ।

जन्मदिनमा पाउनुभएको तपाइको अहिलेसम्मकै सबैभन्दा प्यारो उपहार के हो ?

मेरो जन्मदिनको अहिलेसम्मकै प्यारो उपहार भनेको मेरो हजुरआमाको लकेट हो । म सानो हँुदादेखिनै मलाई त्यो लकेट असाध्यै मनपथ्र्याे र म हजुरआमालाई सधै मागिरहन्थँे । तर जीवित रहुन्जेलसम्म उहाँले त्यो कसैलाई दिनुभएन किनकि, त्यो लकेट हजुरआमालाई हजुरबाबाले दिनुभएको रहेछ । हजुरआमाले मेरो निधन पछी यो कान्छीलाई दिनु भनेर ममलाई भन्नुभएको रहेछ त्यसैले हजुरआमाको निधनपछि ममले त्यो ‘लकेट’ मलाई जन्मदिनमा दिनुभएको थियो ।

आफ्नो जन्मदिनमा भएको अहिलेसम्मको सबैभन्दा सुखद र दु:खद त्यस्तो कुनै पल छ ?

अब, आफ्नो जन्मदिन त प्राय: सबैलाई सधै सुखद नै लाग्छ त्यसैले यही पल सुखद थियो भन्न गाह्रो छ । तर, दु:खद पल चाँही मेरो कलेज टाइममा मैले जन्मदिन मनाउदा मेरो ३ बर्षको कजन भाइ बिरामी भएर हस्पिटलमा राखिएको थियो । मेरो ड्याड मम दुबैजना हस्पिटलमै हुनुहुन्थ्यो । म हस्पिटल जान लाग्दा कलेजका साथीहरु घरमै आएर बर्थडे सेलिब्रेट गर्नुपर्छ भनेर जिद्दी गर्न लागे त्यसैले म घरमै अल्झिएँ । बर्थडे सेलिब्रेट गरिसकेपछि मैले कल गर्दा भाई बितिसकेको कुरा थाहा भयो । त्यहि नै मेरो जन्मदिनमा घटेको दु:खद पल थियो ।

अब केहि चलचित्रसँग सम्बन्धित कुरा गरौ, आफुले प्राय गरिरहने भन्दा भिन्नै चरित्रमा प्रस्तुत हुनुभएको छ, कत्तिको तयारी गर्नुपर्यो आफुलाई त्यस चरित्रमा ढाल्न ?

तयारी त धेरै नै गर्नुपर्यो, किनकि जुन स्क्रिप्ट हाम्रो डाइरेक्टर आशुतोषजीले ३ बर्ष लगाएर लेख्नुभएको थियो, उहाँले जाइरा यस्तो देखिनुपर्छ भनेर माइन्ड मेकअप गरिसक्नुभएको थियो । त्यसैले जाइराको जस्तै फाइटर लुक्स बनाउन मेरो लगातार ८ महिना सम्म दैनिक ५ घण्टा स्ट्रिक ट्रेनिंग हुने गर्थ्यो । सँगसँगै मेरो डाइटमा पनि मैले धेरै ध्यान पुर्याउनु पथ्र्याे । कार्बोहाईट्रेड, ओईलि, स्पाइसी र चकलेटहरु खान पाइदैन थियो ।

जब आशुतोषजीले यो चलचित्रको लागि हजुरलाई प्रस्ताव राख्नुभयो, त्यतिबेला तपाईलाई लाग्थ्यो कि म यो चरित्रलाई न्याय गर्न सक्छु भनेर ?

मलाइ त सक्दिन होला जस्तो लाग्थ्यो तर जब अरु मानिसहरुले यो सधै लबस्टोरी जनरामा मात्रै अभिनय गरेकी केटि एक्सन जनराको फिल्म खेल्न सक्दिन भनेर भन्न थाले अनि उनीहरुलाई देखाउन भएपनि मैले यो चलचित्र गरेकी हुँ । हाम्रो हरेक महिना बडी टेस्ट हुन्थ्यो । ट्रेनिंग हुनुभन्दा पहिला मेरो बडी र मसल्स क्वालिटी चेक गर्दा १०० प्रतिशतमा २५ प्रतिशतमात्रै फिट देखीएको थियो जबकि यो चरित्रको लागि कम्तिमा पनि ९० प्रतिशत फिट हुनुपर्छ । त्यसपछि मैले आश नै मारेकी थिए । तर हाम्रो डाइरेक्टरजीले मलाई सधै मोटिभेट गरिरहनु भयो । त्यसैले मैले आफ्नो तन मन लगाएर ट्रेनिंग गरे र अर्को महिना टेस्ट गर्दा ७५ प्रतिशत पुयो । त्यसपछि चाहि मेरो आत्मविश्वास बढ्यो र न्याय गर्न सक्छु भन्ने लाग्यो ।

यो चलचित्रमार्फत निर्माताको रुपमा पनि डेब्यु गर्दै हुनुहुन्छ, आफ्नै प्रोडक्सन हाउसको किन आवश्यकता पर्यो ?

म सुरुदेखि यस चलचित्रको प्रोड्युसर थिइन । बिचमा इनभल्ब भएकी हुँ । किनकि मलाई यसको आवश्यकता महसुस भयो । किनभने जुन किसिमको चलचित्र हामी निर्माण गर्दैछौँ यस्ता चलचित्रहरुमा प्रोड्युसरहरु लगानी गर्न डराउनु हुन्छ । उहाहरु रोमान्टिक चलचित्रहरु जसको चाँहि बक्स अफिसमा यति कलेक्शन हुन्छ भन्ने ग्यारेन्टी हुन्छ, त्यहाँ मात्र लगानी गर्न रुचाउनु हुन्छ । त्यस्तो चलचित्र जुन नेपाली सिने क्षेत्रमा अहिलेसम्मकै भिन्न जनरामा बनेको छ, जहाँ हामी सबैले यति धेरै मेहेनत गरेका छौँ, मलाई मर्न दिन मन लागेन । त्यसैले म निर्माताको रुपमा आएकी हुँ ।

हरेक चलचित्रले समाजको लागि केहि सन्देश दिएको हुन्छ, यस चलचित्रले के सन्देश दिन्छ ?

यस चलचित्र हामीले हाम्रो समाजमा अहिले भइरहेको इस्युलाई नै उठाएर तयार पारेका हौँ । यो बदलामा आधारित छ र यसले दिने सन्देशको बारे भन्नुपर्दा यदि तपाई माथि दमन भइरेको छ भने आफुलाई कमजोर नसम्झनुस । तपाइँ जति नै कमजोर भएपनि यदि दृढ मनोबल छ, तपाइको ध्यान एउटै कुरामा मात्र केन्द्रित छ भने तपाईले चाहेको हरेक चिज पाउन,पुरा गर्न र बदला लिन सक्नुहुन्छ भन्ने संदेश दिन्छ ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग