जहाँ घर किन्दा दिईन्छ यति राम्री श्रीमती सित्तैमा



हाम्रो इकोनोमि

 

व्यापार प्रवर्द्धनका लागि विभिन्न खालका आर्कषक अफरहरु सुनिन्छ । तर, भर्खरै यो अफरलाई पनि चुनौति दिँदै बजारमा ‘घर किन्दा श्रीमती सित्तैमा’ भन्ने अनौठो अफर अहिले चर्चामा छ ।

जस्तै, ‘एउटा सामान किन्दा अर्को सामान सित्तैमा’ लगायत अफर सुनिएकै हो ।

यो अफर हो इण्डोनेसियाको । जहाँ घर किन्दा श्रीमती सित्तैमा पाइने एउटा विज्ञापनले अहिले ठूलै तहल्का मच्चाएको छ र उक्त विज्ञापन इण्टरनेटमा भाइरल बनेको छ ।

एकजना महिलाले आफ्नो घर बिक्रिका लागि विज्ञापन गरेकी छिन् र आफ्नो घर किन्ने पुरुषले आफूलाई श्रीमतीको रुपमा पाउने घोषणासमेत गरेकी छिन् ।

यो अनलाइन विज्ञापनको सुरुवाती हिस्सा सामान्य विज्ञापन जस्तो छ र यसमा घरमा रहेका विशेषता उल्लेख गरिएको छ । तर अन्त्यतिर भने दुर्लभ अफर प्रस्तुत गरिएको छ ।

जसमा भनिएको छ, ‘जसले यो घर किन्नुहुन्छ उसले यो घरकी मालिक्नीसँग बिहेको प्रस्ताव गर्न सक्नुहुन्छ ।’

विज्ञापनमा घर मालिक्नीको तस्वीर समेत दिइएको छ । विना लिया नामकी ती ४० वर्षे महिला श्रीमानको मृत्युसंगै हाल एकल महिलाको रुपमा रहेकी छिन् र उनको आफ्नो सैलुन समेत छ ।

यो घर गम्भीर खालका क्रेताहरुको लागि मात्र रहेको र यसमा कुनै सौदाबाजी नहुने विज्ञापनमा उल्लेख गरिएको छ ।

जाभा द्विपस्थित स्लेम्यानमा रहेको यो घरको मूल्य ९ करोड ९९ लाख इण्डोनेसियन रुपैयाँ अर्थात् झण्डै ७५ हजार अमेरिकी डलर तोकिएको छ ।

एएफपीका अनुसार घर मालिक्नी विना लियाको यो विज्ञापन इण्डोनेसियाका संचार माध्यममा मात्र होइन सोसल मिडियामा समेत निकै चर्चित बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...