नारायणहिटीका एतिहासिक दस्तावेज पूर्वराजाले गायव बनाए



हाम्रो इकोनोमि

 

नेकपा अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले पूर्वराजालाई नागार्जुबाट लखेट्ने अभिब्यक्ति दिइरहेका बेला स्थायी कमिटीका नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नारायणहिटी दरबारका महत्वपूर्ण दस्तावेज गायव बनाएको आशंका गरेका छन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहले दरवारभित्र रहेका महत्वपूर्ण दस्तावेज पूर्वराजाले लिएको आशंका गरेका छन् ।

 

संसदीय समितिले तत्कालीन नारायणहिटी दरबारमा रहेका दस्ताबेजको खोजि शूरु गरेको छ । केही समयअघि संसदीय समितिले नारायणहिटीभित्रका राष्ट्रिय महत्वका दस्तावेजहरुको अभिलेख पठाउन सरकारलाई आग्रह गरेको थियो । संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले ‘नारायणहिटीभित्रका ऐतिहासिक दस्ताबेज कति छन ? त्यसको अभिलेख पठाउनु’ भन्दै सरकारलाई पत्राचार गरेको थियो ।

 

सरकारले हालसम्म कुनैपनि दस्तावेजको अभिलेख समितिमा पठाएको छैन तर परराष्ट्रमन्त्री ज्ञवाली भने बैठकमा उपस्थित भए । ‘नारायणहिटीभित्रका दस्तावेज सरकारसँग आएकी आएनन् त्यो मलाई एकिन जानकारी छैन’ ज्ञवालीले भने ‘कतिपय राष्ट्रिय महत्वका दस्तावेज पूर्वराजा ज्ञानेन्द्र शाहसँगै गए की ?’

 

नारायणहिटी दरबारका महत्वपूर्ण दस्तावेज कहाँ गए ? त्यसको जानकारी सरकारसँग छैन । तर दरवार छड्दा पूर्वराजाले पत्रकार सम्मेलन नै गरेर धेरै दस्तावेज बुझाएका थिए । दस्तावेजहरु राजाले बुझाएजति मात्र थिए या त्यो भन्दा बढी थिए, त्यसका जानकारी सरकारसँग छैन ।
बैठकमा समितिका सभापति रामनारायण बिडारीले सुगौली सन्धि यताका नेपालको नक्सा, राष्ट्रिय महत्वको अभिलेख र नेपालले गरेका अन्तर्राष्ट्रिय सन्धि सम्झौताको विवरण उपलब्ध गराउन सरकारलाई पत्राचार गरिएपनि जवाफ नआएको बताए ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...