सांसद गजेन्द्र महतले भने कुलमान र वर्षमान श्री ३ महाराज हुन ?



हाम्रो इकोनोमि

 

सांसद गजेन्द्रबहादुर महतले ऊर्जामन्त्री वर्षमान पुन र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध सदनमा असन्तुष्टि व्यक्त गरेका छन् । जुम्लाको समस्या समाधान गर्न भेट्न खोज्दा पनि बेवास्ता गरेकामा उनले दुवैलाई ‘श्री ३ महाराज’को संज्ञा दिएका छन् ।

उनका अनुसार २०३८ सालमा जुम्लामा बनेको २ किलोवाटको बत्ती बिग्रिएर थन्किएको छ । बत्ती बन्न अझै तीन–चार लाग्छ । ‘हाम्रा श्री ३ महाराज हुनुहुन्छ, एक जना ऊर्जामन्त्री वर्षमान पुन, अर्का कुलमान घिसिङ, फोन पनि उठ्नदैन । भेटघाट गर्न पनि पाइँदैन’, उनले भने, ‘श्री ३ को फोन कसरी उठ्ने हो । कसरी भेट गर्न पाइने हो ? हाम्रो जिल्लाको समस्या कसरी राख्ने हो ? के विद्युत् प्राधिकरण छैन यो नेपालमा ? जुम्ला जिल्ला भन्ने नाम छैन ?’

भारतलाई बेच्ने भनेको बिजुली जुम्लालाई बिक्री गर्न उनले ध्यानाकर्षण गराए । कर्णालीको समस्यामा चासो राखिदिन उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...