फेरी छवि शिल्पा र आर्यनको पर्याे झगडा



 

निर्माता छविराज ओझा र उनकी चौथी श्रीमती शिल्पा पोखरेलको घर झगडा दिनानुदिन झन् उग्र हुँदै गएको छ । छविले कानको जाली फुटाएको भन्दै शिल्पाले प्रहरीमा उजुरी दिएपछि सुरु भएको झगडा प्रहरीले छवि र शिल्पा दुवैलाई पक्राउ पुर्जी जारी गर्ने अवस्था सम्म पुगेको छ ।

अहिले छवि शिल्पा दुवै जना फरार रहेका छन् । फिल्मको स्टोरी जस्तै एक पछि अर्को रोचक सिनहरु आइरहेको छवि शिल्पा प्रकरण अब कसरी अगाडि बढ्छ त्यो भने रोचक हुनेछ । नायिका शिल्पा पोखरेल र छबी ओझा बिचको विवादले अझै सम्म पनि नेपालि मिडिया सेलाउन सकेको छैन।

नायिका शिल्पाले आफुले पटक पटक घरेलु हिंशा सहेको भन्दै उनले प्रहरीमा आफ्नै श्रीमान बिरुद्द उजुरी दिए पछी घटनाले झन ठुलो रुप लिएर माहोल गरम गरम बनाएको छ। यतिबेला यो केस अदालत सम्म पुगेको छ।

प्रहरीमा उजुरी दिए संगै शिल्पा र छविले बिभिन्न मिडियामा आएर एकले अर्कालाई आरोप प्रत्यारोप लगाउने गरेका थिए। यसै शिलशिलामा नायिका शिल्पाले आर्यन सिग्देल संग काम गर्नी बेला आफुलाई छविले आर्यन प्ले बोई हो नजिक नहुन आग्रह गरेको भनेर अभिव्यक्ति दिएकी थिईन। अहिले उनी आर्यन मिडियामा आएर यस बारे बोलेका छन।

आर्यनले थपेका छन , भन्नेले जे भने पनि म कस्तो मान्छे हो , मेरो फेमेलीलाई थाहा छ , मेरो सर्कल लाई थाहा छ , त्यसैले अरुले के भने भन्ने कुरालाई आफुलाई कुनै चासो नभएको बताएका छन।एक युटुव च्यालन संग गरिएको कुराकानीमा पत्रकारको तपाईलाई शिल्पाल्र प्ले बोई भनेकी थिईन नि भन्ने प्रश्नमा आर्यनले यो बिषयमा भन्नेले जे भनुन , मेरो कुनै गुनासो छैन , मलाई चिन्ने दर्शक , सर्कल , आफन्त , फेमेलिले मलाई चिनेकै छन् ,, अरुले जे भने पनि आफुलाई कुनै फरक नपर्ने र यो बिषयमा केहि नबोल्ने बताएका छन।

फिल्म निर्माता छविराज ओझा र उनकी कान्छी पत्नी शिल्पा पोखरेलबीचको घर झगडा साम्य हुने कुनै संकेत देखिएको छैन ।

युट्युब अन्तर्वार्ताहरूमा नायिका समेत रहेकी पोखरेलले रुदै ओझामाथि नानाथरी आक्षेपहरू लगाउन थालेकी छिन् । पोखरेलले युट्युब अन्तर्वार्तामार्फत संगिन आरोपहरू लगाएपछि ओझाले ती सबै आरोपहरू खारेज गरिदिएका छन् ।

घरझगडालाई पोखरेलले मिडिया र सामाजिक सञ्जालमा छताछुल्ल बनाएपछि ओझाको मन कुडिएको छ । ओझाले कान्छी पत्नी पोखरेललाई न्याय दिने समेत बताएका छन् ।

नायिका पोख्रेलले श्रीमानबाट आफूलाई घरेलु हिंसा भएको र जीउज्यानको सुरक्षामा खतरा रहेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

दुवै पक्षलाई बोलाएर प्रहरीले कुरा मिलाएर पठाएको थियो । ओझाले आफ्नो गल्तीका लागि माफी मागिसकेका छन् ।

नायिका पोखरेलले विवाहको तीन वर्षको अवधिमा धेरै पटक आफूलाई श्रीमान ओझाले हातपात गरेको दाबी आफ्ना अन्तर्वार्ताहरूमा गरेकी छिन् ।

ओझाले अहिलेसम्म कुनै पनि श्रीमतीलाई अन्यायमा नपारेको बताएका छन् । ५२ वर्षको उमेरमा तीन श्रीमतीसँग सम्बन्ध विच्छेद गरेर अब चाहिँ सहज रुपमा जीन्दगी बिताउन सक्छु जस्तो लागेर पोखरेलसँग विवाह गरेको ओझाले बताउँदै आएका छन् ।

कान्छी पत्नी पोखरेलले नानाभाँती आक्षेप लगाएपछि ओझाले फेसबुकमा लेखेका छन्, ‘जीन्दगीका सबथोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईँ । छातीमा हात राखेर एकछिन आफैलाई नढाँटी सम्झनुस्, तपाईँले लगाएका कति आरोपहरु सत्य छन् रु यदि तपाईँ पनि आफूलाई सच्याएर अझै मेरो श्रीमती, तपाईँले बिहे गर्ने बेलामा आश्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने म पनि मेरा कमी कमजोरीहरु सच्याएर गान्धीवादी भएर बस्न सक्छु ।’

‘अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधैँ तपाईँका लागि खुल्ला छ । हैन र यदी तपाईँ साँच्चै मसँग बस्न सक्नु हुन्न भने पनि एकपटक मैसँग आएर टेबलमा कुरा गर्नुस्’, ओझाले भनेका छन्, ‘मेरो इतिहास पल्टाएर हेर्नुस्, आजसम्म कुनै पनि श्रीमतीलाई अन्यायमा पारेको छैन । शिल्पासँग बिहे गर्नु पूर्व छवीले तीनपटक बिहे गरेका थिए ।’
ओझाले आफूले विगत केही दिनदेखि सम्पर्क गर्न खोज्दा वकिलले भेट्छ भन्ने जवाफ पोखरेलले दिएको समेत बताएका छन् ।

‘म फेरि पनि भन्दैछ, संसारको कुनै पनि अदालतमा जानु पर्दैन छवी ओझाको अदालतमा सीधै आउनु, तपाईँले न्याय पाउनु हुन्छ’, ओझाले भनेका छन् ।

नायिका समेत रहेकी ओझाकी कान्छी पत्नी पोखरेललाई टीका लगाउने दाई विकास रौनियार र उनकी पत्नी सम्झाना उप्रेती रौनियारले उचालेको चर्चा छ । पोखरेललाई केही निर्माता र कलाकारहरूले समेत उचालेर घर भाँड्न थालेको आरोप लागेको छ ।

ओझासँग विवाह गर्नु अगाडि पोखरेलले पनि पहिलो विवाह गरेर पति छाडेकी थिइन् । यो कुराको पुष्टि स्वयं ओझाले आफ्नो अन्तर्वार्तामा बताएका छन् । नायिका पोखरेलको ओझा दोस्रो पति हुन् ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग