गर्भावस्थामा सम्बन्ध कसरी राख्ने ? अपनाउनुहोस् यस्ता नयाँ तरिका



 

 

म गर्भवती छु, तर पनि मेरा श्रीमान्ले शारिरिक सम्पर्क गरिरहन्छन् । के यसले कुनै नकारात्मक असर गर्छ ?

गर्भावस्थामा शारिरिक सम्पर्क राख्नु हुन्छ कि हुँदैन भन्ने कुरामा धेरै दम्पती चिन्ताले पिरोलिइरहेका हुन्छन् । गर्भस्थ शिशु वा महिलालाई केही नकारात्मक असर पर्ला कि भन्ने चिन्ता हुनु स्वभाविक पनि हो, तर यो प्रश्नको जवाफ भने सजिलै पाइँदैन, किनभने यस विषयमा झट्ट कसैसँग सोध्न सकिँदैन अनि नसोधी कसैले राम्रोसँग यस विषयमा जानकारी पनि दिँदैनन् । चिकित्सा क्षेत्रमा लागेका व्यक्तिलाई पनि शारिरिक सम्पर्क सम्बन्धी कुरा गर्न असजिलो लाग्ने भएकाले यसमा खुलस्त तथा पर्याप्त मात्रामा चर्चा नगरिएको स्थिति छ, अर्थात् उचित जानकारीबिना चासो र चिन्ता लिएर त्यसै बस्नुपर्ने बाध्यता छ ।

गर्भावस्थामा शारिरिक सम्पर्क राख्न हुन्छ ?

गर्भावस्थामा शारिरिक सम्पर्क राख्न हुने–नहुने दुवै पक्ष छन् । शारिरिक सम्पर्कका बेला पाठेघरको मुखमा  धक्का पुर्‍याउँदा वा महिलाले चरमसुख पाउँदा पाठेघर खुम्चने , गर्भस्थ शिशुलाई छोपेर राख्ने झिल्ली च्यातिएर संक्रमण हुन सक्ने तथा शरीरमा आएको परिवर्तनले शारिरिक सम्पर्क नै गर्न अप्ठ्यारो हुने भएकाले शारिरिक सम्पर्क राख्नु उचित नभएको तर्क पनि पाइन्छ ।

तपार्इंले पनि यस्तै केही सुन्नुभएको हुन सक्छ, तर कतिपय चिकित्सक यसमा खास वैज्ञानिक आधार नभएको मान्छन् । मुख्य कुरा के हो भने स्वस्थ गर्भावस्थामा शारिरिक सम्पर्क राख्न कुनै बन्देज छैन र आफ्ना शारिरिक सम्पर्क क्रियाकलापलाई सुचारु रूपमा अघि बढाउन सकिन्छ । सामान्य अवस्थामा महिला तथा गर्भमा रहेको शिशुमा नकारात्मक असर गर्दैन । एकपल्ट विचार गर्नुहोस् त, सामान्यत: कतिपय दम्पतीलाई पहिलो केही महिनासम्म त गर्भवती भए–नभएको कुरै थाहा हुँदैन तर शारिरिक सम्पर्कलाई निरन्तरता दिइरहेका हुन्छन् ।

शारिरिक सम्पर्कलाई निरन्तरता दिन किन आवश्यक ?

गर्भावस्थामा शारीरिक असजिलोपनको अनुभव, सुन्दरतामा कमी आएको वा आनकर्षक भएको अनुभव तथा गर्भमा भएको शिशुलाई हानि पुग्छ कि भन्ने डर आदि भावनालेशारिरिक सम्पर्क मा नकारात्मक प्रभाव पर्छ र कतिपय व्यक्तिले शारिरिक सम्पर्कको पूरा आनन्द प्राप्त गर्न सक्दैनन् । गर्भ रहेका कारण नै शारिरिक सम्पर्क नराखिँदा पति–पत्नीबीच दूरी बढ्ने क्रमको सुरुवात हुने वा त्यसको सम्भावना बढ्ने हुन सक्छ ।

त्यसैले यतिबेला दम्पतीबीचको सम्बन्ध सुमधुर राख्न असल संचारको आवश्यकता हुन्छ । अरू बेला जस्तै गर्भावस्थामा पनि शारिरिक सम्पर्क क्रियाकलाप शारीरिक सामिप्यताका लागि मात्र नभै भावनात्मक सामीप्यताको निरन्तरता यसका लागि निकै सहयोगी हुन सक्छ । हाम्रो समाजमा पुरुषहरूलाई गर्भ, प्रसव, सुत्केरी वा शिशुको हेरचारजस्ता कुराबाट टाढै राखिन्छ । यसले पुरुषहरू गर्भावस्थामा महिलामा हुने परिवर्तन वा अवस्था थाहा पाउने अनि आत्मसात् गर्ने अवसरबाट बञ्चित हुन्छन् ।

शारिरिक सम्पर्कमा दुवैको संलग्नताले गर्भावस्थामा महिलामा आउने शारीरिक अनि तथा भावनात्मक परिवर्तनहरूप्रति जानकारी हासिल गरी यसप्रति संवेदनशील भए महिलाको शरीर तथा भावना बुझ्ने अवसर प्राप्त हुन्छ । शारिरिक सम्पर्क कै कुरा गर्दा पहिले परम्परागत एकैनासे रूपमा शारिरिक सम्पर्क भैरहेको भए यो अवसरमा नयाँ तरिका वा आसनहरूका बारेमा अन्वेषण गर्न तथा सिक्न सकिन्छ ।

सोअनुसार नै आफूलाई ढाल्न सके दम्पतीबीचको सम्बन्ध सुमधुर बनाउन, एक–अर्कामा शारीरिक तथा मानसिक दुवै किसिमले नजिक हुन तथा बुझ्न मद्दत मिल्छ । त्यसबाहेक शारिरिक सम्पर्कबाट प्राप्त हुने चरमसुखका कारण पाठेघर क्षेत्रको मांसपेशीको कसरत भै ती मांसपेशी बलियो हुने अर्का थरीको तर्क छ ।

श्रीमान्ले शारिरिक सम्पर्क राखिरहन्छन् ? 

शारिरिक सम्पर्क गर्नु स्वभाविक हो । सम्भवत: तपाईंसँग गर्भावस्थामा शारिरिक सम्पर्क राख्नु हुन्न भन्ने सोच गढेको छ वा तपाईंलाई शारिरिक सम्पर्कप्रति रुचि छैन । तपार्इंलाई थाहै होला, गर्भावस्थामा महिलाको शरीरमा हार्मोनको मात्रामा उतारचढाव आउँछ । यसले गर्दा चाहना नहुने हुन्छ ।

यस्तो हुनु असामान्य होइन, तर कसै–कसैमा  रुचि बढ्न पनि सक्छ । गर्भावस्थामा  रक्तप्रवाह बढी हुने भएकाले तथा पूर्ण नारीत्वको अनुभव गर्ने तथा आफ्नो शरीरप्रति बढी जानकारी तथा चासो राख्ने भएकाले अझ बढी इच्छा हुने र त्यसअनुरूपकै आनन्द उठाउने गरेको पाइएका घटना पनि प्रशस्तै छन् । यतिबेला पनि क्रियाकलापमा संलग्न हुन प्रयासरत हुनुपर्छ, यसका फाइदाका बारेमा त माथि नै भनिसकियो ।

के–के सावधानी अपनाउनुपर्ला ?

तपाईंले गर्भावस्थामा शारिरिक सम्पर्क राख्न हुने कुरा त बुझिसक्नुभयो, तर सामान्य समयभन्दा गर्भावस्थामा शारिरिक सम्पर्क  राख्दाको आसनका बारेमा विशेष ख्याल राख्नुपर्छ । कुन आसन सबैभन्दा राम्रो हुन्छ भन्ने कुरा आफैंले प्रयोग गरेर पत्ता लगाउनु नै सबैभन्दा राम्रो उपाय हो ।

पुरुष माथितिर रहने अवस्थाको सट्टा छेउतिर वा महिला पुरुष माथि बसेर वा पछाडिबाट गरिने आसन गर्भवती महिलाका लागि सजिला सावित हुन सक्छन्, तर कुनै पनि प्रयोगपछि आफ्ना श्रीमान् वा साथीसँग कस्तो भयो भन्ने अनुभवका सम्बन्धमा कुराकानी गर्नुपर्छ । अंग एक अर्कामा प्रवेश नै नगराई आनन्द प्राप्त गर्ने वैकल्पिक उपायहरूको अवलम्बन पनि गर्भावस्थामा आनन्ददायक सावित हुन सक्छ ।

यदि शारिरिक सम्पर्कपश्चात् रक्तश्राव भए, पेट दुखे वा गर्भ तुहिन थालेको अन्य कुनै लक्षण देखिए शारिरिक सम्पर्क राख्न तुरुन्त बन्द गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति

दुर्गाका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु

    दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक

धवलशमशेर राणालाई गिजाको क्यान्सर

    राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर भएको छ ।