छवि र शिल्पाको खोजीमा प्रहरी, कहाँ छन् उनीहरु ? यस्तो छ प्रहरीको बयान



हाम्रो इकोनोमि

 

बहुविवाहको मुद्दा परेपछि निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेल फरार छन् । उनीहरूविरूद्ध पक्राउ पूर्जी जारी गरेको प्रहरीले खोजतलास गरिरहेको छ । जेठी श्रीमती हेमा ओझाले दुवै जना विरूद्ध बहु विवाहको उजुरी हालेकी थिइन् । उजुरीपछि उनीहरू विरूद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएसँगै दुवैजना फरार हुन् ।

 

दुई सन्तानकी आमा हेमाले साउन ५ गते महानरीय प्रहरी वृत्त गौशलामा बहुबिबाहको उजुरी दर्ता गराएकी थिइन्। उनको उजुरी यतिबेला महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा छ । काठमाडाै‌ जिल्लाभरका बहुबिवाह सम्बन्धी उजुरीहरु कालिमाटीले हेर्छ । उनले हालेको उजुरीमा पहिला प्रमाण नभएको र हाल प्रमाण प्राप्त भएकाले श्रीमान र कान्छी श्रीमती शिल्पाबिरुद्ध बहुविवाहको मुद्धा हालेको उल्लेख थिइन् ।

 

छवि र हेमाबीच २०४१ सालमा विवाह भएको थियो। उनले छवि र शिल्पा दुबैलाई नियन्त्रणमा लिई कानुनी कारबाही गर्न माग गरेकी थिइन् । श्रीमान छविराज ओझाबिरुद्ध शिल्पाले प्रहरीमा घरेलु हिंसा भएको भन्दै उजुरी गरे पछि घटना सार्वजनिक भएको थियो । लगतै शिल्पाले काठमाडौं जिल्ला अदालतमा डिभोर्सका लागि निबेदन दर्ता गराएकी थिइन् ।

 

उनीहरू दुवैजना प्रहरीको फरार सूचीमा रहेको र खोजीकार्य जारी रहेको महिला तथा बाल बालिका सेवा केन्द्र कालिमाटीले जनाएको छ । पक्राउ गर्न सबै प्रहरी सर्कललाई जानकारी गराइएको र नियन्त्रणमा आए पछि मात्रै आवश्यक कारवाही प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ । गत भदौंबाट लागू भएको नयाँ कानुनमा श्रीमती हुँदा हुँदै दोस्रो विवाह गरेमा स्वतः बदर हुने व्यवस्था छ ।

 

बहु विवाह गर्ने महिला र पुरुष दुवैलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँ सम्म जरिवानाको व्यवस्था गरिएको छ । निर्माता छविराज ओझाकी पहिली श्रीमती हेमाले महा नगरीय प्रहरी वृत्त गौशालामा छवि र शिल्पा विरुद्ध बहु विवाहको उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...