सपनामा आफ्नै बिहे भएको देख्नुभयो, याद गर्नुहोस यस्तो हुन सक्छ



हाम्रो इकोनोमि

 

 

सपना हामी सबैले देख्छाैं, निन्द्रामा हाेस् या खुल्ला आँखाले । यसले मानिसकाे साेच र भावनामा गहिराे प्रभाव पारीरहेकाे हुन्छ। मान्छेले मात्र होइन, निदाउने जति सबै प्राणीले सपना देख्छन् ।

तर, सम्पूर्ण प्राणीको तुलनामा मानव मस्तिष्क अतुलनीय रूपमा विकसित भइसकेकाले अन्य प्राणी र मान्छेले सपनालाई ग्रहण गर्ने तरिका भने निकै फरक हुन्छ ।

सपना देख्नु स्वभाविक हो, कति राम्रा देखिन्छन् कति नराम्रा सबै सपना पूरा हुन्छन् भन्ने पनि छैन ।

अधिकांशका धेरै सपना अधुरा नै रहन्छन्। हामीले देख्ने सपना कहीँ न कहीँ बिपनासँग पनि जोडिएको हुन्छ।

 

कति सपना निदाउँदा देखिन्छ भने कति सपनाले निदाउँनै दिँदैन । हामीले देख्ने सपनाको दैनिक जीवनमा शुभ अशुभ संकेत गर्छ भन्ने जनविश्वास छ।

यहाँ हामीले सपनामा विवाह भएको देख्दा ज्योतिष शास्त्र अनुसार शुभ अशुभ के संकेत गर्छ भनेर चर्चा गर्ने प्रयास गरेका छौँ।

यदि कोही व्यक्ति सपनामा विवाह वा त्यससँग सम्बन्धित अन्य कुनै वस्तु देख्दछ भने त्यसको शुभ र अशुभ दुबै अर्थ हुन्छ ।

सपनामा आफ्नै विवाह भएको देख्नुभयो अथवा साथी, नातेदार कसैको विवाह भएको देख्नु भयो भने यस्तो सपनाको शुभ संकेत मानिदैन । यस्तो सपना देख्दा तपाईँको काममा कुनै बाधा आउनसक्ने संकेत दिन्छ।

यदि तपाईँले कोही महिलाको विवाह हुँदै गरेको देख्नुभयो भने यो तपाईँको लागि शुभ संकेत हुने विश्वास गरिन्छ।

यस्तो सपना देखे तपाईँको जीवनमा छिट्टै खुशी आउनेवाला छ भनेर बुझिन्छ। तर बेहुली रुँदै गरेको देख्नुभयो भने त्यसलाई अशुभ मानिन्छ।

यदि कोही केटी आफ्नो सपनामा प्रेमीले अर्कै केटीसँग विवाह गरेको देख्नुभयो भने मान्नुस त्यसको विवाह छिट्टै हुन्छ।

विवाहका गहना देखे पनि छिट्टै विवाह हुने संकेत बुझिन्छ। तर सबैलाई यो भविश्वाणी अनुसार मिल्छ नै भन्ने हुँदैन तर सपनाका धेरै अर्थ लगाउने हाम्रो नेपाली समाजमा पनि चलनमा छ।

 

 

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...