लामो समयपछि छोरी सँग भेट हुँदा एयरपोर्टमै रोइन् प्रिती आले भिडीयो सहित



हाम्रो इकोनोमि

 

 

चर्चित गायिका प्रिती आले लामो समयको विदेश भ्रमणपछि स्वदेश फर्केकी छिन्, कार्यक्रमको सिलसिलामा युरोप लगायतका धेरै देशहरुमा पुगेर फर्केकी आलेलाई लिन श्रीमान सुवास केसी र छोरी गुराँस केसी एयरपोर्टमा पुगेका थिए ।

नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएकी प्रिती आले प्रत्येक्ष दोहोरीमा झनै अब्बल छिन् । उनले गाएको दर्जनौं स्टेज लाइभ दोहोरीहरु अहिले पनि जताततै बजिरहेको सुन्न पाइन्छ ।

दोहोरी गायिकाको नामले परिचित आले पछिल्लो समय ब्याटल गायिका भनेर चर्चामा छिन् । गायक प्रकाश सपूत सँगको सहकार्यमा दोहोरी ब्याटल भाग १/ २ गाएपछि झनै लोकप्रिय बनेकी हुन आले’, ब्याटल भन्दा अगाडि पनि उनका धेरै गीतले सांगीतिक माहोल तताइरहेको थियो ।

सर्वाधिक चर्चामा आउन सफल गीत ‘फुल्यो बामरी’ पनि गायिका आलेले नै गाएकी हुन्, जस्मा श्रीमान सुवास केसीको शब्द संकलन र अभिनय रहेको थियो । सो गीत अहिलेसम्म पनि सबैमा मनमा बसेको छ ।करिब ४ महिनाको लामो विदेश बसाईपछि फर्किएकी आलेले अब निरन्तर गायनमै लाग्ने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...