रबि लामिछानेका दाहिने हात भएर काम गरेका पत्रकार शालिकराम पुडासैनी होटलमा यस्तो अवस्थामा मृत भेटिए



हाम्रो इकोनोमि

 

सिधा कुरा जनता संगका पुर्ब पत्रकार तथा हाल माउण्टेन टिभी काठमाडौंमा कार्यरत पत्रकार शालिकराम पुडासैन मृ*त भेटिएका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा झु*ण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् ।उनी सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नम्बर कोठामा बास बसेका थिए । खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र आवाज नदिएपछि राती १० बजे प्रहरीलाई गरेका थिए ।

प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी झु*ण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ ।उनका आफन्त आएपछि घ*टना बारे थप अनुसन्धान हुने चितवन प्रहरीले जनाएको छ ।नुवाकोटको बेलकोटगढी नगरपालिका वडा न २ कुमरी घर भएका पत्रकार पुडासैनी हाल माउण्टेन टेलिभिजनमा कार्यरत थिए । उनले ‘मिसन न्युज’ कार्यक्रम चलाउँदै आएका थिए । उनका आफन्त आएपछि घ*टनाबारे थप अनुसन्धान हुने चितवन प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ट्रम्प सहभागी रात्री भोजमा गोली चल्यो

    शनिबार भइरहेको एउटा रात्री भोजमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पलगायतका सहभागी थिए...

सुकुमवासी बस्तीको जबरजस्ती विस्थापन अन्तिम विकल्प होइन : एमाले

    नेकपा एमालेले सुकुमवासी बस्ती हटाउने सरकारको तयारीप्रति आपत्ति जनाउँदै मौलिक अधिकार,...

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

    सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ...

इजरायल र लेबनानबीच तीन साताको लागि युद्धविराम

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि...