मन्त्री अर्ब, पीए करोड कमाउने धन्दामा छन्, अनि कसरी आउँछ समाजवाद?



हाम्रो इकोनोमि

 

नेकपाका वैचारिक नेता घनश्याम भुसालले देश दलाल पुँजीपतिको हातमा रहेका कारण कम्युनिस्ट पार्टीका कार्यकर्ता पनि कमाउधन्दामा लागेको बताएका छन् । १० वर्षमा मन्त्री अर्बपति र पीए करोडपति हुने गरेको उनको भनाइ छ ।

 

‘देश दलाल पुँजीपतिको हातमा छ । सबैलाई पुँजी चाहिएको छ, । देशको समृद्धि होइन, व्यक्तिको समृद्धि चाहिएको छ’, उनले भने ‘समृद्ध बन्न मन्त्रीहरुले १० वर्षमा अर्ब, पीएले करोड कमाउने गरेका छन् ।’

 

पार्टी र नेतृत्व दलाल पुँजीवादको चंगुलमा फेसेको उनले बताए । दलाल पुँजीवादकै कारण समाजवादमा पुग्न कठिन भएको उनले सुनाए । नेकपा केन्द्रीय सदस्य लेखनाथ न्यौपानेको ‘संघर्षको इतिहास’ पुस्तक समीक्षा गर्दै भुसालले देशको सबै क्षेत्रमा दलाल पुँजीपति हावी भएको बताए । कमाउधन्दाका कारण इमानदार कार्यकर्ताको मनोबल खस्किँदै गएको उनले बताए ।

 

‘२० वर्षदेखि पार्टीमा काम गरिरहेको कमरेड असुरक्षित छ । खाडीमा भेडा चराउन नसकेर फर्केको मान्छे नेताको पछि लाग्यो, मन्त्रीको पीएको पनि पीए बस्यो, १० वर्षमा करोडपति भयो’, उनले भने, ‘ अब २० औं वर्षदेखि इमानदारीपूर्वक लागेको कार्यकर्ताको मनोबल के हुन्छ ?’

 

समाजवादबारे थाहै नभएको र कम्युनिस्ट आन्दोलनबारे एकपटक पनि नसुनेको मान्छे पार्टीमा हावी हुँदा इमानदार कार्यकर्ता पाखा लाग्नुपर्ने अवस्था आएको उनले बताए । नेकपा नेतृत्वलाई मात्तिने र आत्तिने छुट नभएको उनले बताए । गुट उपगुट त्यागेर पार्टीलाई एकताबद्ध गर्न सके अबको १० वर्षमा देशमा समाजवादी व्यवस्थाको झल्को दिने गरी काम गर्न सकिने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...